उर्लाबारी वडा नम्बर ५ स्थित दिनया ईन्टरप्राईजेजमा हिरो एक्सचेन्ज र इभल्भ सोरुम एक्सचेन्ज स्किम सुरु भएको छ ।
नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले पहिलो पटक ‛हिरो एक्सचेञ्ज ’ र इभल्भ सोरुम एक्सचेन्ज आयोजना गर्ने घोषणा गरेसँगै बिहिबारदेखी हिरोको उर्लाबारीको लागि आधिकारीक विक्रेता समेत रहेको दिनया ईन्टरप्राईजेजमा सो स्किम लागु गरिएको छ ।
आजदेखी सुरु भएर भएको सो स्किम असार १५ गतेसम्म संचालन हुनेछ । उक्त स्किममा ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्यांकनभन्दा ८ हजार बढीको मूल्यांकन पाउने ईन्टरप्राईजेजका संचालक सुरेन्द्र लिम्बुले जानकारी दिए ।
यस्तै सो एक्सचेन्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा नि:शुल्क हेल्मेट पनि वितरण गरिने संचालक लिम्बुले जानकारी दिए ।
उनका अनुसार उक्त अफरमा ग्राहकहरुले हिरो एक्स पल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, स्प्लेण्डर र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन् ।
यसका अलबा ग्राहकहरुलाई उक्त ईन्टरप्राईजेजमा हिरो ब्राण्डका नया मोटरसाईकल तथा स्कुटर खरिदमा विषेश छुट उपलब्ध गराईदै आएको छ ।
हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपालमै एसेम्बल भईरहेका छन् । नवलपरासी जिल्लास्थित सिजी ईन्ड्रस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन भैसकेको छ ।
नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ ।
लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजि मोटर्सले नेपालमा भित्र्याएको छ । साथै, सो उत्पादनमा यूनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ ।
थप जानकारीको लागि सम्पर्क: 021-543073
9817359287