८ असार /उर्लाबारी
युवायुवतीहरुको सीप विकासमा टेवा पुर्याउने उद्देश्यले उर्लाबारी वडा नम्बर ३ मंगलबारेस्थित शु- बिहानी लाईभ किचन एण्ड ट्रेनिङ सेन्टरमा एक महिने नि:शुल्क सेफ कुक तालिम संचालन गरिएको छ । उर्लाबारी वडा नम्बर २ र ३ सालबारीस्थित श्री सालबारी सामुदायिक वन उपभोक्ता समुहद्वारा आयोजित उक्त सेफ कुक तालिम बिहिबारदेखी सुरु भएको हो ।

वन समुहले आफना ३० जना उपभोक्तालाई छनौट गरी तालिममा अवसर दिएको सालबारी वन उपभोक्ता समुहका अध्यक्ष जर्मन थापाले जानकारी दिए । उनले उपभोक्ताहरुको सामाजिक विकासमा ध्यान दिईएर युवाहरुलाई उद्दमशीलतासँग जोड्न यस्तो तालिमको आयोजना गरिएको बताए ।

यस्तै उनले प्राप्त सीपहरुलाई अवसरका रुपमा लिनुपर्ने बताउदै उनले युवाहरूको क्षमतालाई पहिचान गदै आत्मनिर्भर बनाउने खालका थप कार्यक्रमहरु ल्याउन वन समुहले गृहकार्य गरिरहेको जानकारी दिए ।

यता भारतको चेन्नाईस्थित दि चाईनिज स्टोरी होटल एण्ड रेष्टुरेण्टबाट कुक सेफको तालिम लिई विगत १८ वर्षदेखी उक्त पेशामा आवद्ध रहदै आएका शु-बिहानीका संचालक भुपाल धिमाल एक अनुभवी सेफ कुक समेत हुन् ।

वि.सं. २०७७ सालमा मंगलबारे चोकमा लाईभ किचन एण्ड ट्रेनिङ् सेन्टर संचालन गर्दै आएका धिमालले हालसम्म ५० जना भन्दा बढीलाई सेफ कुकको तालिम दिईसकेका छन् ।

यसैबिच उनले दैनिक ३ वटा टाईम सिफ्टमा ३० जनालाई विभिन्न परिकारहरु तयार गर्ने तालिम दिदै आएका छन् । उनका अनुसार एक महिनासम्म संचालन हुने सो तालिममा उनले संघाई स्पेशल चिकेन, चिल्लि चिकेन, स्मोक चिल्ली चिकेन, मालक चिकेन, मसरुम पेपर सल्ट, क्रिप्सी चिल्ली वेविकोर्न, हनी चिल्ली गार्लिक काउली फ्लावर लगायतका १ सय ५० भन्दा बढी परिकारहरु बनाउने सीप सिकाउने बताए ।

यसका अलवा शु-बिहानीमा चिकेन र मटनका विभिन्न परिकार, खाजा सेट, म:म, चाउमिन, थुक्पा र अर्डर अनुसार खानापनि तयार हुने बताइएको छ । पेय पदार्थ र हुक्का सेवनको समेत सेवा उपलब्ध गरिएको संचालक धिमालको भनाई छ । यस्तै उनले ग्राहकको आवश्यकताअनुसार होम डेलिभरीको समेत सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय