
बिगत १५ वर्षदेखी हार्डवेयर पसलमा अपार सफलता हाँसिल गर्दै आएको उर्लाबारी-३ मंगलबारेस्थित पाथीभरा ट्रेड लिङ्कले कम्पनीको हरेक स्किम वितरण गर्दै आएको छ । प्रतिश्पर्धाको वर्तमान बजारमा कम्पनिका स्किमहरुबारे प्राय: ग्राहकहरु अनविज्ञ नै हुन्छन् ।
ट्रेड लिङ्कले एसीयन पेन्ट्सको गत असोज १ गतेदेखीको चैत ३० सम्मको वार्षिक स्किममा पर्ने सुन र चाँदीको सिक्का, टीकाको थाली वितरण गर्दै आएको संचालक जिवन श्रेष्ठले बताए । उनका अनुसार सो स्किमअन्तर्गत भाग्यशाली विजेतालाई ल्यापटप, आईफोन-१४, स्मार्टवाच, फ्रिज, माईक्रोवेभ, हनिमुन प्याकेज माल्दिभ्स र दुवई भ्रमण समेत उपलब्ध छ ।




यसैबिच सो स्किमअन्तर्गत उर्लाबारी- ३ की सिता रायमाझी, केदार थापा, लोकबहादुर लिम्बु, नेत्र कुमार लिम्बु, उर्लाबारी-५ की हिमा राई, ६ नम्बर वडाका गोपाल गुरुङ्लगायत १६ जनालाई सोमबार टीकाको थाली वितरण गरिएको ट्रेड लिङ्कका बजार व्यवस्थापक निरज श्रेष्ठले जानकारी दिए ।
यस्तै उनले सुन र चाँदीका सिक्का आगामी चैत ३० सम्म आईपुग्ने जनाउदै वैशाख ५ सम्ममा स्किमवापतका ति पुरस्कारहरु ग्राहक र पेन्टरलाई वितरण गरिने जानकारी दिए ।
ट्रेड लिङ्कका संचालक श्रेष्ठले बजारमा अन्य रंग विक्रेताले यस्ता स्किमहरु लुकाउने गरेको बताउदै स्किमहरुबारे गाहकहरु समेत जानकार हुनुपर्ने बताए । उनले भने,” प्राय: मान्छेलाई स्किम बारे थाहै हुदैन, विक्रेताले सुन र चाँदी त्यती सहजै नदिन पनि सक्छन् । स्किम ग्राहकका लागी हो तर हामीले यस्ता स्किमहरु ग्राहकलाई धेरै ठाउमा नदिईएको पाएका छौँ । ”
यस्तै उनले आफुले संचालन गरेको ट्रेड लिङ्कमा कम्पनिले ग्राहकहरुका लागी पठाएका कुनै पनि स्किम नलुकाएको दाबी गर्दै हरेक स्किम ग्राहकलाई वितरण गर्दै आएको बताए । उनका अनुसार सो हार्डवेयरले रड, सिमेन्ट, धरापानीका सामान, ढोका, लिटिङ, रंगरोंगन, टाली, मार्भल, ग्रेनाइडलगायतका अन्य हार्डवेयर सामानहरुमा समेत स्किमहरु प्रदान गर्दै आएको छ।
पसलको सेवाबाट ग्राहकहरुले भरपुर सन्तुष्टि लिने गरेको स्थानिय बताउछन् । व्यावसायका अलवा सो ट्रेड लिङ्का समाजप्रति पनि उत्तीकै उत्तरदायी रहेको छ । मंगलबारेमा हुने विभिन्न खेलहरुमा सहयोग पुर्याउदै आएका सो ट्रेड लिङ्कले च्यारिटीवापत् विभिन्न संघ संस्थालाई सहयोग णनुका साथै सामुदायिक विद्यालयहरुको भौतिक निर्माण र दिनदु:खीहरुको स्वास्थ्य उपचारमा समेत उत्तीकै सहयोग पुर्याउदै आएको छ । पछिल्लो समय आफुले गरेका सामाजिक कामहरु सामाजिक संजालमा पोष्ट गर्ने ट्रेण्डबाट टाढा रहेका संचालक श्रेष्ठ भन्छन्, “सहयोगी मन जति फराकिलो बनायो, उती व्यवसाय बढ्छ र दैनिक सस्तो लोकप्रियताको लागी प्रचार गर्दैमा व्यवसायीक प्रगती हाँसिल हुदैन ।”