
उर्लाबारी -१ लक्ष्मीझारस्थित रिभर फ्रन्ट रिसोर्टले आफ्नो प्रथम वार्षिकोत्सवकाे अवसरमा आगामी भदौ २२ गते शुक्रबार सांगितिक साँझ आयोजना गरिने जनाएको छ ।
किसान चोकदेखी २ किलोमिटर उत्तर सोल्टि खोला झोलुङ्गे पुलसँगै रहेको उक्त रिसोर्टमा पूर्व क्षेत्रकै चर्चीत नमुना ब्याण्डको प्रस्तुती रहने रिसोर्टका संचालक विनोद चाम्लिङ् राईले जानकारी दिए ।




रिसोर्टका अर्का संचालक कमल लुँटेलका अनुसार साँझ ५ बजेदेखी सुरु गरिने उक्त कार्यक्रममा विभिन्न सांगितिक कोसेलि सहित डिजे म्युजिकमा रम्न सकिने बताईएको छ ।
गत २०७९ भाद्र २२ गतेदेखी संचालित उक्त रिसोर्टमा आयोजना गरिन लागिएको उक्त सांगितीक साँझ कार्यक्रममा सम्पुर्ण साथीभाई तथा ईष्टमित्रहरुमा उपस्थितीको लागी अनुरोध गरिएको संचालकद्वय राई र लुँइटेलले बताए ।