उर्लाबारी । नेपाली कांग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोले मंसिर-४ को निर्वाचनमा पात्र हेर्ने परिपाटीको अन्त्य गरी रुख चिन्हमा मतदान गर्न आग्रह गर्नु भएको छ ।
शुक्रबार मोरङको लेटाङमा आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’ कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री फागोले यस्तो बताउनु भएको हो ।
स्थानिय तहको निर्वाचनमा कांग्रेस भित्रैको घातअन्र्तघात र अन्य विभिन्न कारणले मोरङको क्षेत्र १ लगाएत अन्य पालिकाहरुप्रदेशका विभिन्न जिल्लामा नेपाली कांग्रेसका उम्मेदवारहरुले हार व्यहोर्नु परेको बताउदै सहमहान्त्री फागोको स्थानियतहको वितृष्णलाई विर्सेर मंसिर ४ को निर्वाचनमा रुख चिन्हमा मतदान गर्नु पर्ने बताउनु भयो ।
यस्तै उहाले गठबन्धन देशको संविधान र संघियता रक्षाका लागि आवश्यकता आधारमा सहमतिका साथ भएको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउनु नेपाली कांग्रेसको मतभेद नराखी अगाडी बढ्नु पर्ने पनि बताउनु भयो ।
आसन्न मंसिर ४ को निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस केन्द्रले तयार पारेको कार्यक्रमलाई यतिवलेला मोरङका ६ वटै निर्वाचन क्षेत्रमा संचालन गरिएको छ ।
जस अन्र्तगत शुक्रबार मोरङ क्षेत्र १ को लेटाङमा यो कार्यक्रमको उद्घाटन गरिएको छ । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला सग्रौलाले कार्यक्रमको उद्घान गर्नु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै सग्रौलाले कांग्रेस जनताको सुख दुख बुझ्न अभियान लिएर गाँउगाँउ सम्म आएको बताउनु भयो
यस्तै उहाले भन्नु भयो- कांग्रेसको यो अभियान निर्वाचन लक्षित मात्रै हैन, दुरदराजमा नेपालीहरुले भोगिरहेका समस्याहरुलाई हल गर्नका लागि र समस्याहरुको दिगो समाधानका लागि आगामी दिनमा कांग्रेसले बनाउनु पर्ने नितिनिर्माण र दस्तावेजीकरणका लागि पनि हो त्यसैले सवैलाई गाउगाउ सम्म पुगरे कांग्रेसको अभियानका बारेमा जानकारी गराउन पनि अनुरोध गर्नु भयो ।
नेपाली कांग्रेस क्षेत्र १ को आयोजनामा समपन्न भएको कार्यक्रममा नेपाली काग्रेसका प्रदेश सहमहामन्त्री खड्ग फागो, जिल्ला सभापति डिग बहादुर लिम्वु, महाधिवेसन प्रतिनिधीहरु, क्षेत्रिय सभापति शंकर राई लगाएतले आफ्नो भनाइ राखेका थिए ।
ADVERTISEMENT