पथरी । नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट भानुभक्त ढकालको मात्रै नाम उम्मेद्वारको लागि सिफारिश गरेको छ । उनी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित व्यक्ति हुन् । आज बसेको क्षेत्रीय कमिटीको बैठकले समानुपातिकतर्फ भने ४ जनाको नाम सिफारिश गरेको छ ।
समानुपातिकतर्फ सिफारिश हुनेमा महिला कोटाबाट बेलबारी-३ की अञ्जना अधिकारी र अल्पसङ्ख्यकतर्फ बेलबारी-९ का प्रकाश राई रहेका छन् ।
त्यस्तै, आदिवासी जनजातितर्फबाट सुन्दरहरैंचा- १२ का देवेन्द्रकुमार मास्के र अन्य तर्फबाट सुन्दरहरैंचा-११ का विश्वेश्वर ढकालको नाम पनि समानुपातिक उम्मेद्वारका लागि सिफारिश भएको छ ।
ADVERTISEMENT