
काठमान्डौ । नेपाली कांग्रेसले रुपन्देही ३ बाट गृहमन्त्री बालकृष्ण खाँणको नाम एकल सिफारिस गरेको छ ।
आइतबार बसेको क्षेत्रीय समितिको बैठकले कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणको नाम सर्वसम्मत एकल रूपमा पठाएको सभापति सुशील गुरुङले जानकारी दिए ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ संविधान सभा सदस्य तथा महाधिवेशन प्रतिनिधि जन्नुतिन निसा धुनिया र कांग्रेस जिल्ला सहसचिव विष्णु थापाको नाम सिफारिस भएको भएको गुरुङले बताए । यसअघि खाँणको नाम रुपन्देही क्षेत्र नम्बर २ बाट पनि सिफारिस भएको थियो ।



