पथरी । मोरङको कानेपोखरी गाउपालिका-२ मा रहेको शिक्षा विकास माध्यमिक विध्यालयमा चोरी गर्ने समुह पक्राउ परेका छन् ।
आइतवार राति १० वजेको समयमा विध्यालयमा रहेको कमप्युटर, खाजा तयार गर्ने भाँडाकुडा चोरीमा संलग्न कानेपोखरी-२ वस्ने वर्ष २० का अजय सरदार वडा नम्वर-३ वस्ने वर्ष २८ का प्रदीप चौधरीलाई प्रहरीले पक्राउ गरी आज सोमवार इलाका प्रहरी कार्यालय पथरीले सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले चोरहरुले विध्यालयमा रहेको ३ थान कमप्युटर, भाँडाकुँडा र बुफर चोरी गरी स्थानिय अर्जुन सरदारको घरमा लुकाई रहेको अवस्थामा फेला परेको बताए ।
उनिहरुलाई प्रहरीले पक्राउ गरी अनुसञ्धानका लागि इलाका प्रहरी कार्यालय पथरीमा अनुसञ्धानका लागि थुनामा राखेको छ ।
ADVERTISEMENT