पथरी । इलाका प्रहरी कार्यालय पथरीले विभिन्न समयमा चोरी भएर हराएका मोवाईल फेला पारी धनीलाई बुझाएको छ ।
प्रहरीले विभिन्न समयमा हराएका मोवाइलहरुको निवेदनका आधारमा खोजी गरी फेला परेका मोवाइलहरुलाई बुधवार सम्वधीत व्यक्तिलाई बुझाएको हो ।
निवेदनका आधारमा प्रहरीले ११ थान मोवाईल फेलापारी आज स्थानिय सुरज मगर, बल बहादुर गजमेर, घेम ढकाल, स्वस्तिका धिमाल, आशिका अधिकारी, समिर दास दर्जी, संगिता लिम्वु लगाएतलाई बुझाएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले बताए ।
विभिन्न सयमयमा मोवाइल हराएका ३ सय भन्दा वढी निवेदन परेकोमा हाल ५० वटा मोवाईल ट्रयाक भैसकेको र नेपालको विभिन्न स्थानमा फेला परेका १४ वटा मोवाईल आउने क्रममा रहेको समेत गौतमले बताए । चोरी भएका मोवाइल खोज्ने क्रममा हराएका मोवाइलहरु काठमान्डौ देखी धनगडी सम्म पुगेको पाइएको समेत गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय