
पथरी । इलाका प्रहरी कार्यालय पथरीले अव साइकल गस्ती गर्ने भएको छ । विशेष गरी पथरी बजारलाई केन्द्रित गरी प्रहरीले अव साइकल गस्ती गर्ने योजना ल्याएको हो ।
चाडपर्व नजिकी रहेका बेला बजारका कुनाकाप्चामा हुने अवान्छित कृयाकलापलाई नियन्त्रण गर्न प्रहरीले साईकल गस्ती गर्ने योजना ल्याएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले बताए ।
गौतमका अनुसार प्रहरीको यो नया योजनाका लागि पथरीमा शाखा कार्यालय रहेको बाणिज्य बैक र एनआइसी एसिया बैकले २/२ वटा साइकल इलाकालाई प्रदान गरेको बताए ।



