उर्लाबारी । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लागि समानुपातिक उम्मेद्वारको सूची बनाउन दलहरु जुटिरहेका छन् ।
समानुपातिकमा प्रत्येक क्षेत्रबाट एकभन्दा बढी नाम सिफारिस भएका कारण सूची बनाउन नेताहरुलाई सकस भैरहेका बेला नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न नपाउने निणर्य गरेपछि यति वेला नेपाली कांग्रेसको राजनिती बृतमा नया बहस सुरु भएको छ ।
नेपाली कांग्रेसको भदौ २९ गते बसेको बैठकले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न नपाउने, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने, प्रतिनिधिसभामा समानुपातिकबाट हाल सांसद भएको व्यक्ति पनि अब प्रदेशमा गएर समेत फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरेको पछि । कागं्रेसको राजनिति बृतमा नया बहस सुरु भएको हो ।
यसैक्रममा मोरङ क्षेत्र नं. १ (क) बाट समानुपातिक सूचीमा १ नम्बरमा सिफारिस भएका प्रभावशाली युवा नेता तथा प्रदेश नं. १ का सह-महामन्त्री खड्ग फागोको नाम मापदण्ड अनुसार नपर्ने देखिएको छ । गत स्थानीय तहको निर्वाचनमा फागो उर्लाबारी नगरपालिकाको मेयरमा पराजित बनेका थिए ।
स्थानियतहको निर्वाचनमा फागोलाई हराउन कांग्रेसका स्थानियतहका नेतादेखी जिल्लातहका नेताहरु नै खुलेर ‘फागो हराउ अभियान’ चलाएका थिए । आमकार्यकर्ताहरु र सर्वसाधरण जनतामा फागोको क्रेज भएतापनि नेताहरु र उच्चघरनाका व्याक्तिहरुको चौतर्फी घेराबन्दीमा परेर मेयर पदमा पराजित भएका फागोलाई नेपाली कांग्रेसका ग्रासरुटका कार्यकर्ता र सर्वसाधरण जनताले भने फागो हेवीवेटका नेता भएका कारण उनलाई प्रदेश सांसद बनाउनु पर्ने जोड गरिरहेका छन् ।
फागोको बढ्दो लोकप्रियताबाट ‘जलन’ भएका केही कांग्रेसभित्रका नेताहरुकै कारण उनले चुनाव हारेको बताउदै उनिहरुले फागोलाई प्रदेश सासद बनाउन आग्रह गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा मोरङ जिल्लामा गठबन्धन हुन नदिन डा. शेखर कोइराला समूहका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले भूमिका खेलेको जानकार स्रोत बताउँछ । सोही क्रमलाई निरञ्तरता दिदै यतिवेला कोइराला समुह गठबन्धन हुन नदिन लागि रहेको पनि स्रोतले बताएको छ । मेयरमा पराजित भएपनि मोरङ क्षेत्र नं. १ मा फागो लोकप्रिय नेता मानिन्छन् । यस अर्थमा पनि पार्टीले फागोलाई समानुपातिक उम्मेद्वार बनाउनु पर्ने पूराना कार्यकर्ताहरु बताउँछन् । पार्टीमात्र नभई क्षेत्रको विकासमा गर्न पनि यस पटक फागोलाई प्रदेश सांसद बनाउनु पर्ने उनीहरुको जोड छ ।
फागो समानुपातिकमा नपर्दा लिम्बूलाई असर
फागो समानुपातिक सूचीमा नपरे मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभाको उम्मेद्वार बन्ने तरखरमा रहेका डिगबहादुर लिम्बूलाई असर पर्ने देखिन्छ । २०७४ सालमा पराजित भएका लिम्बू यस पटक पनि उम्मेद्वार बन्ने तरखरमा छन् । फागोलाई समानुपातिक उम्मेद्वार बनाउँदा लिम्बूलाई पनि जित्न सहज हुने धेरैको अनुमान छ । फागोकै कारण कांग्रेस बनेकाहरु उहाँले टिकट नपाउँदा रुष्ट हुने सम्भावना रहेको जानकारहरु बताउँछन् । त्यसो हुँदा डिगबहादुरलाई पनि असर गर्ने र झन् कांग्रेस कमजोर हुने भन्दै पूराना कार्यकर्ताहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् । लोकप्रियताको आधारमा पनि फागो समानुपातिक सूचीमा पर्नु पर्ने धेरैको बुझाई छ ।
ADVERTISEMENT