विराटनगर । आगामी मंसिर ४ को निर्वाचनका लागि यतिवेला विभिन्न क्षेत्रबाट सिफारिस भएका उम्मेदवारहरु टिकट आफ्नो हातमा पार्न लागि परेका छन् ।
सोही सिलसिलामा मोरङ क्षेत्र नम्वर १ मा गठबन्धनका तर्फबाट टिकटमा बलियो दावेदारी प्रस्तुत गर्नेहरु मध्ये प्रतिनिधीसभाको उम्मेदवारको लागि नेपाली कांग्रेसबाट जिल्ला सभापति डिकबहादुर लिम्वुको बलियो दावेदारी रहेको स्रोतले बताएको छ ।
यस्तै प्रदेशसभा प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका युवा नेता चिरञ्जीवी थापा र नेपाल एकिकृत समाजवादीका नेता उपेन्द्र घिमिरेको बलियो पकड रहेको बताइएको छ ।
थापाको नाम क्षेत्र नम्वर १ ‘क’ बाट सिफारिस भएर गएको हो भने घिमिरेको नाम ‘ख’ बाट प्रदेशसभा प्रतक्ष्यका लागि सिफारिस भएर गएको हो । घिमिरेले २०७४ को निर्वाचनमा पनि सो क्षेत्रबाट उम्मेदवार भई निर्वाचन जितेका थिए । हाल उनि प्रदेश-१ को यातायत व्यावस्था तथा संचार मन्त्रीको जिम्मेवारीमा रहेका छन् ।
मोरङ क्षेत्र नम्वर १ मा लोकप्रिय नेताका रुपमा परिचित घिमिरे हालको बहालवाला मन्त्री भएका कारण पनि टिकट घिमिरेले पाउने पक्कापक्की जस्तै भएको बताइएको छ ।
यस्तै लिम्वु र थापाको सवालमा गठबन्धनका तर्फबाट ठुलो पार्टी, मतभारको आधार र बर्तमान समयमा मोरङ कांग्रेसको नेतृत्व सम्हाली रहेका कारण डिकबहादुरको नाम छलफल र बहसमा अगाडी आउने गरेको स्रोतले बताएको छ ।
यस्तै थापा भने हाल सम्म नेपाली कांग्रेसर अन्य राजनैतिक पार्टीमा विवादरहित नेताका रुपमा रहेका कारण उनको पक्षमा जनलहर बन्ने र निर्वाचन जित्ने छाँट देखिएकाले उनको नाम अगाडी आउने गरेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय