
उर्लाबारी । चाडपर्व नजिकिए सगै यतिवेला मोरङको उर्लाबारी बजारमा मानिसहरुको चहलपह बढेको छ। नेपालीहरुको ठुलो चाडका रुपमा हेरिएको बडादशैको किनमेल गर्न मानिसहरु हाटबजार र मुख्य चौकहरुमा यतिवेला व्यस्त बनेका छन् । जसका कारण बजारमा भिडभाड बढेको प्रस्टै देखिन्छ ।
बजारमा बढेको भिडभाड र सडकमा यात्रुबहाक बसले जथाभावी यात्रु ओर्राल्ने र चढाउने गरेका कारण सडक क्षेत्रको क्षेत्रको ट्राफिक व्यावस्थान अस्तव्यत बनेपछि स्थायिहरुले चिन्ता व्यक्त गरेका छन् ।
उर्लाबारीमा लामो सयम देखी सिटी रिक्सा संचालन गर्दै आएका उर्लाबारीका टेक बहादुर दहाल भन्छन्‘ बस विसौनी बस रोक्दैन सडक पेटीमा जहा पयो त्यही बाट मान्छे चढाउने र आराल्ने गरेका कारण दशैको किनमेल गर्न बजार निस्कीएका सर्वसाधरण कतिवेला सडक दुर्घटनामा परेर मृत्युवरण गर्ने हुन या अङगभङ्ग हुने हुन कुनै टुङगो छैन्।’
मोरङ जिल्लाको तेस्रो ठुलो शहरका रुपमा रहेको उर्लाबारी बजार, मंगलबारे चौक र स्कुल डाडा क्षेत्रमा देखिएको यात्रुबहाक वसको लार्पवाहीपुणर् कार्य र ट्राफिक प्रहरीको वेवस्थाका कारण सडक नै जाम हुने र पैदलयात्रीहरुले सास्ती खेप्नु परेको स्थानियहरु जिवन चिमरिया बताउछन् । उनि भन्छन-्‘सडकमा भिडभाड बढेको छ ट्राफिक प्रहरी भित्री सडकहरुमा मोटरसाइकलको कागजपत्र चेक गर्दै वस्छन् मुख्य सडक र बजारको चिन्ता कसैलाई छैन्’।
विशेष गरी उर्लाबारीमा यात्रु चढाउन र ओर्राल्नका लागि ३ ठाउमा वस विसौनीको व्यावस्थापन गरिएको छ तर ति स्थानहरुमा यात्रुबहाक वसहरुले यात्रुहरु चढाउने र ओराल्ने विरलै मात्र गर्ने गरेका छन् भने सडकमा मान्छे सडक वारपार गर्नका लागि बनाइएका जेव्राक्रसमा समेत बस रोक्ने गरेका कारण उर्लाबारीको ट्राफिक व्यावस्थान अस्तव्यत बनेको उर्लाबारीका व्यवसायी भिम घिमिरे बताउछन् ।
यस अघि उर्लाबारीको सडकलाई सुरक्षित र व्यवस्थित बनाउन उर्लाबारी नगरपालिकाले ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय सग समन्वय गरी नगर प्रहरी समेत खटाएर सडकमा आवतजावत गर्ने पैदलयात्रीलाई बाटो कटाउन सहयोग गर्ने गरेको थियो जसका कारण चाडपर्वको बेला मात्रै नभएर अन्य समयमा पनि ट्राफिक व्यवस्थान सहज पैदलयात्रीहरु सुरक्षित थिए हाल त्यो कार्य रोकिएका कारण सडक अस्तव्यत वनेको स्थानिय हलुका सवारी व्यावसायी सर्वजित भण्डारी बताउछन् ।
उर्लाबारीमा पछिल्लो समय जथाभावी यात्रु चढाउने र ओराल्ने यात्रुवस, जथाभावि पार्किङ गर्ने सिटी सफारी, अटो रिक्सा, टयाक्सी लगाएत निजी गाडीहरुको मनपरी पार्कीङले सडक अस्तव्यस्त हुने गरेको पाइएको छ तर यसरी लार्पवाही पुणर् तरीकाले मानोमानी गर्ने सवारी साधनलाई नियमन गर्ने निकाय भने मौन छ जस्का कारण चाडपर्वको मुखमा दुर्घटनमा जोखीम बढेर गएको छ ।



