केराबारी । कांग्रेस, माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादि सहित बनेको लोकतान्त्रिक बाम गठबन्धनको बुधबार केराबारीमा उमेद्वार परिचय तथा कार्कर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
उक्त संघ र प्रदेशका उमेद्धार परिचय तथा कार्यकर्ता भेटघाटको संयुक्त कार्यक्रममा नेताहरुले गठबन्धनका उमेद्धारलाई जिताउन ढुक्कका साथ मतदाताहरु समक्ष सर्कुलर गर्न आग्रह गरेका छन । उक्त अवसरमा आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सक्रिय सहभागिता सहित लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन नेताहरुले आग्रह गरेका हुन ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश-१ का सहमाहमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथी खड्ग फागोले मोरङ १ को बिकास कांग्रेस सहितको गठबन्धनले मात्र गर्न सक्ने बताए । उनले सबै कार्यकर्तालाई निर्वाचनमा सहभागी हुन निर्देशन समेत गरे ।
कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बुले गठबन्धनका उमेद्वारले जनताको भावना बोक्ने भएकाले जिताउन अनुरोध गरे । बिकास र समृद्दी कांग्रेस सहितको गठबन्धनको एजेन्डा भएकोले यसलाई पूरा गर्नका लागि प्रतिनिधि सभामा रुख चिन्ह, प्रदेश “क“ मा हँसिया हथौडा चिन्ह र प्रदेश “ख“ मा कलम चिन्हमा मतदान गर्न आग्रह गरे । समानुपातिक तर्फ २ वटै भोट रुख चिन्हमा दिन समेत उहाँले आग्रह गरे ।
सोहि अवसरमा बोल्दै यातायात व्यावस्था तथा संचार मन्त्री समेत रहेका प्रदेश “ख“ का उम्मेद्बार उपेन्द्र प्रसाद घिमिरेले सत्तामा हुँदा समेत प्रतिपक्षको भुमिका सहित आफुले आफ्नो क्षेत्रको बिकासका लागि काम गरेको प्रस्टयाए । डिगबहादुर लिम्बू र आफुलाई एकै ठाउँमा भोट हाल्न पाउने क्षेत्र बासिको ईच्छा यसपाली पूरा भएको बताए । आफूहरु स्कुल देखिकै साथी भएको र जीवन भर राजनितिक सारथिको रुपमा काम गर्ने बताए।
त्यसैगरी प्रदेश “ख“ उम्मेद्बार कुशल लिम्बुले संबिधानको खिल्ली उडाएर जनभावना बिपरित काम गरेकाले हालको गठबन्धन गर्नुपरेको साथै संविधान र लोतन्त्रलाई स्थापित गर्न पनि आज गठबन्धनतर्फका उमेद्वारहरुलाई भोट दिन अनुरोध गरे ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा स्थानीय तह निर्वाचन २०७९ मा केराबारी गाउँपालिका अध्यक्षमा उमेद्धारी दिएका रोहित वहादुर कार्कीले यो गठबन्धन स्थानीय तहको जस्तो नभएर अलिक फरक र लोकतान्त्रिक संघिय व्यवस्थालाई जोगाउन विशेष भूमिका निर्वाह गर्ने पार्टीहरुको गठबन्धन भएकाले पनि छुटै महत्व रहेको बताए ।
कार्यक्रममा प्राध्यापक तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि राम पोखरेलले लोकतान्त्रिक गठबन्धनका उमेद्धारहरु हार्नु भनेको सिंगो व्यवस्था हार्नु रहेको बताउनुभयो । “ उमेद्धार एउटा पात्र मात्र नभएर यो गठबन्धनको भाग्य र भविश्य संग जोडिएको छ त्यसैले सबैले विश्वासका साथ ढुक्क भएर निर्वाचनमा होमिएर आफ्ना कार्यकर्ता शुभचिन्तकहरुकहा जाँन आग्रह गर्दछु“ उनले भने ।
“एमालेको चुनावी नारी वृद्धभत्ता बुढो भइसकेको बताउदै भारी मतका साथ गठबन्धन दलले चुनाव जित्ने अवस्था छ । दुइ दुइ पटक संसद विघठन गरेर राज्य र नेपाली जनतालाई धोका दिएकाले एमालेसंग चुनावमा जाने नयाँ योजना एजेन्डा छैन । त्यसैले सबै गठबन्धन दलका कार्यकर्ताहरु सबै एकढुक्क भएर एकतावद्ध भएर निर्वाचनमा होमिनुस देशैभरी गठबन्धनले जित्नेमा हामी ढुक्क छौं“ पोखरेलले भने ।
कार्यक्रममा नेकपा समाजवादीका नेता दलवहादुर तामांगले निर्वाचनमा हिजो पानी बाराबारको अवस्था व्यवस्था जोगाउन हिजो सदन सडकबाट आन्दोलन गर्दै आएका पार्टीहरु एक भएर निर्वाचनमा होमिएकोले बाम लोकतान्त्रिक शक्तिहरुलाई जिताउन विकल्प नरहेको बताए ।
त्यसतै नेकपा माओवादीका जिल्ला सदस्य प्रेम मिभकले पार्टीको विचार र निति आफ्नो ठाउँमा भएपनि स्थानीय तहदेखि नै फरक मत र फरक विचार राख्ने नेताहरु समेत अहिलेको गठबन्धन प्रति सकारात्मक देखिनु सुखद भएको वताए ।
कार्यक्रमका सभापती तथा निर्वाचन परिचालन समितिका संयोजक शंकर राईले क्षेत्र बिकासमा ऐलेका उम्मेद्बार अगाडि रहेको र ५ बर्षमा क्षेत्रको मुहारमा सकारात्मक रुपान्तरण आउने भएकाले गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।
ADVERTISEMENT