बेलबारी । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ मुख्य स्लोगान राखेर ५ औं बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०७९ हुने भएको छ ।
डाँगीहाट युथ क्लबले बुधबार लक्ष्मी माविमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १५ गतेदेखि २३ गतेसम्म गोल्डकप सञ्चालन हुने जानकारी गराएको हो ।
आयोजकले वितरण गरेको गेम सेड्युलमा साइड ‘ए’ मा रोलिङ एफ सी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग (आयोजक), साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं रहेको छ । यस्तै साइड ‘बी’ मा आमुक्त परिवार वेष्ट बंगल भारत, सहलेस युथ क्लब सिराहा, एभिनियर फुटबल क्लब क्यमरुन, युनाइटेड ब्रदर्श कालिङम्पाङ भारत र राजारानी फुटबल क्लब धनकुटा रहेको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष विक्रम राई र सचिव शम्भु बस्नेत हस्ताक्षरित प्रेस बिज्ञप्तीमा विजेता टिमले ८ लाख १ हजार, उपविजेताले ४ लाख १ हजार प्राप्त गर्ने जनाइएको छ । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट गोल्डकिपरले १५ हजार, उत्कृष्ट डिफेन्डरले १५ हजार, उत्कृष्ट मिडफिल्डरले १५ हजार, उत्कृष्ट कोचलाई ३५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार र उदीयमान खेलाडीलाई १५ हजार प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न ५२ लाख ६१ हजार अनुमानित खर्च र ६१ लाख ९० हजार अनुमानित आम्दानी हुने आयोजकले लक्ष्य राखेको बताइएको छ । गोल्डकपको मुख्य प्रायोजक बुद्ध एअर र मुख्य सहयोगी बेलबारी नगरपालिका रहेका छन् । यस्तै प्रायोजक डुबोर्ग बियर, सहयोगी एफ.एफ.टी.सी., प्राविधिक सहयोग मोरङ जिल्ला फुटबल संघ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय