काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने चुनावी बाचा गरेको छ।
शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको हो ।

नेपाल श्रमशक्ति सर्वेक्षणको आंकडाअनुसार नेपालका करिव ७० लाखभन्दा बढी जनसंख्या विभिन्न रोजगारी र स्वरोजगारमा आवद्ध छन् भने वार्षिक पाँच लाख हाराहारी जनशक्ति श्रम बजारमा आउने गरेका छन् । तर, २०७७/०७८ मा दर्ता भएका २०३ नयाँ उद्योगले जम्मा ११ कजार ८३३ रोजगारी मात्र प्रस्ताव गरेको छ भने लोकसेवा आयोगले तीन हजार ७५४ जनाको मात्र विज्ञान गरेको छ ।
लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न ठुलै संरचनात्मक पहल चाहिने भन्दै कांग्रेसले आर्थिक क्षेत्रको विद्यमान नीतिगत, कानुनी र प्रक्रियागत अड्चनमा व्यापक नयाँ चरणको ओम्निवस सुधार गर्दै न्यूनमत ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।
उसले उद्योग, निजी क्षेत्रका छाता संगठन, तीन तहको सरकार र सीटीईभीटीको सामूहिक पहलमा अप्रेनटिससीप कार्यक्रम र रोजगारी सिर्जनाका लागि बजारले मागेको युवाले रोजेको तरुण सीप वृत्ति कार्यक्रम ल्याउने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय