
उर्लाबारी । आसन्न मंसिर-४ को आम निर्वाचन आउन २० दिन बाकी रहदा यतिवेला चुनावी मैदानमा होमिएका राजनैनितक दल र तिनका उम्मेदवारहरुले चुनावी अंकगणितको लेखाजोखा गर्न थालेका छन् ।
सोही क्रममा आईतबार लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार बनेका डिक बहादुर लिम्वुले मोरङ-१ मा रहेका १ लाख २३ हजार ६ सय १५ मतदाता मध्ये ६० हजार भन्दा बढी मत गठबन्धनको पक्षमा झर्ने बताएका छन् ।
लिम्वुले मोरङको उर्लाबारी-८ मा चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताएका हुन । उनले भने-साथीहरु आत्तिनु पर्ने अवस्था छैन हामी चुनाव जित्छौ त्यो पनि ६० हजार भन्दा बढी मत ल्याएर ।
कार्यक्रमलाई सम्वोधन गर्दै लिम्वुले गठबन्धन स्थानिय स्तरको विकास र समृद्धिका लागि भएको बताउदै मंसिर-४ को निर्वाचन पश्चात पनि गठबन्धनकै सरकार बन्ने भएकाले लोकतन्त्र, संविधान, संघियतालाई जोगाउन र स्थानिय स्तरको विकासमा हातेमालो गर्न पनि गठबन्धनका पक्षमा मत हाल्नु पर्ने उनले बताए ।
यस्तै सोही कार्यक्रममा बोल्दै गठबन्धनका तर्फबाट प्रदेशसभामा उम्मेदवार बनेका माओवादीका उम्मेदवार कुलप्रसाद साम्वाले अघिल्लो कार्यकालमा एमालेबाट चुनाव जितेर सांसद बनेका घनश्याम खतिवडाको वदनियतका कारण सोचेजती विकास बजेट आफुले उर्लाबारीमा ल्याउन नपाएको बाताउदै जालझेल र षडयन्त्रकारीको पर्दाफास गर्न पनि आफुलाई मत दिएर विजयी गराउन अपिल गरेका छन् ।
यस्तै नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेतृ शोभा चेम्जोङ पालुङवाले पनि आफु स्थानिय स्तरको विकास गर्न लालयित भएका कारण गठबन्धनका तर्फबाट रुख चुनाव चिन्ह लिएर उम्मेदवार बनेका प्रतिनिधी सभाका उम्मेदवार डिक बहादुर लिम्वु, प्रदेश-१ (क) बाट प्रदेश सभामा उम्मेदवार बनेका माओवादीका कुलप्रसाद साम्वा र प्रदेश (ख) बाट कलम चिन्ह लिएर उम्मेदवार बनेका उपेन्द्र प्रसाद घिमिरेलाई भोट दिएर विजयी गराउन अपिल गरीन् ।



