उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय बालकको गएराती छुरा प्रहार बाट हत्या भएको थियो ।
पुरानो रिसीबीका कारण झापाको दमक नगरपालिका-१० आमबाडी बस्ने १४ वर्षका बालक दियुस श्रेष्ठको हत्यामा समलग्न ७ जनालाई ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, सोही वडाको वानडाँडा बस्ने सन्देश खवास, विकास तामाङ, पानी ट्याङकी बस्ने मन्जिल माझी, तरुण चौक वस्ने सपन खत्री, प्रतिक बराइली र सरोज परियार पक्राउ परेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक मिलनजंग थापाले बताए ।
आइतबार राती अन्दाजी १०ः३० बजेको समयमा छठपर्वको रात्रिकालिन रमझम हेर्न गएका श्रेष्ठ र हत्यामा समलग्न किशोरहरुको समुह विच जम्काभेट हुदा उनिमाथी पुरानो रिसीवी साध्न उनिहरुले छुरा प्रहार गरी गम्भिर घाईते बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
छुरा प्रहारबाट गम्भिर घाईते भई लडिरहेका श्रेष्ठलाई उनका अर्का साथी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि उर्लाबारी स्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहा उपचार सम्भव नभएपछी थप उपचारका लागि उनलाई झापाको विएण्सी अस्पतालमा भर्ना गरीएको थियो ।
उपचारकै क्रममा श्रेष्ठको सोमबार विहान करिव ४ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएस्पी दिपक श्रेष्ठले बताए ।
घटनामा संलग्न निम्न ७ जना मध्ये ५ जनालाई ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले दिउसै पक्राउ गरेको थियो भने थप २ जनालाई साझ पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक थापाले बताए ।
हत्यामा समलग्न ७ जनाको समुहलाई प्रहरीले घटना घटेको १२ घण्टा वित्न नपाउदै हत्यामा समलग्न भएको चक्कु सहित पक्राउ गरी थप अनुसन्धान कार्य अगाडी बढाएको जनाएको छ ।
ADVERTISEMENT