उर्लाबारी । मोरङको उर्लाबारी स्थित उर्लाबारी खानेपानी सस्थानले मंगलबारे क्षेत्रमा जडित धारमा देखीएको समस्या पुराना मिटरका कारण भएको जनाएको छ ।
विगतमा मंगलबारे खानेपानी सस्थानका रुपमा संचालीत खानेपानी सस्थानलाई उर्लाबारी नगरपालिकाको पहलमा एक द्वार प्रणाली मार्फत पालिका भरी खानेपानी वितरण गर्ने योजना स्वरुप सवै क्षेत्रमा अहिले उर्लाबारी खानेपानी सस्थान मार्फत पानी वितरण हुदै आएको छ ।
सोही क्रममा मंगलबारे क्षेत्रमा जडित उपभोक्ताहरुको धाराको मिटर रिडिङका क्रममा चर्को (बढी) शुल्क आएको भन्दै स्थानियहरुले सामाजिक संजालमा खानेपानी सस्थानको आलोचना गर्न थालेपछि खानेपानी सस्थानले आफ्नो धारणा व्यक्त गरेको हो ।
खानेपानी सस्थानका अनुसार विगतमा जडित खानेपानी उपभोक्ताहरुको धारामा जडित मिटर (काउण्टर) मा धमिलो र लेदो मिसीएको पानी जाने गरेका कारण जडित मिटरमा समस्या उत्पन्न भई मिटरले सहि तरिकाले काम नगर्दा रिडिङमा समस्या उत्पन्न् भएको जनाएको छ ।
६ सय ९२ भन्दा बढी उपभोक्ता रहेको मंगलबारे क्षेत्रमा जोडिएका मिटरहरु पुराना भै सकेका र शुद्ध पानी धारामा नजाने गरेका कारण मिटरमा फोहोर जमेर कतिपय मिटरहरु नै फेर्नु पर्ने अवस्थामा पुगेका कारण सवै उपभोताहको जडित मिटरको चेकजाच गरी पहिलो पटक देखीएको समस्यालाई समाधान गर्न उपभोक्ता र सस्थान विच आपसी समझदारी (उपभोक्ताको स्व-घोषणा) का आधारमा महशुल लिने व्यावस्था मिलाईएको उर्लाबारी खानेपानी सस्थानका अध्यक्ष चिन्तामणी पौडेलले बताए ।
पौडेलले भने- ‘मिटर रिडिङका क्रममा केही उपभोक्ताहरुको मिटरमा समस्या देखा परेको पाएका छौ हामी यो पहिलो महिना सवै उपभोक्ताहरुको जडित मिटरको बारेमा चेकजाच गछौँ र उहाँहरु सग आपसी समझदारीमा शुल्क निर्धारण गरेर महशुल लिन्छौ अर्को महिना देखी खानेपानी सस्थानको नियम अनुसार नै महशुल उहाहरुले तिर्नु पर्ने हुन्छ।’
उर्लाबारी खानेपानी सस्थानको नियम अनुसार स्थानले उपभोक्ताहरुबाट ०-१० युनिट सम्म १ सय ४५, ११-२० युनिट सम्म प्रति युनिट १८ रुपैया, २१-३० युनिट सम्म प्रति युनिट २२ रुपैया, ३१-४० युनिट सम्म प्रति युनिट २४ रुपैया र ४१ युनिट देखी माथी प्रति युनिट २६ रुपैयाका दरले महहशुल बुझाउनु पर्ने व्यावस्था रहेको बताउदै खानेपानी सस्थाका कार्यालय प्रमुख राजु बुढाथोकीले सामाजिक संजालमा आएजस्तो सस्थानले मनोपोली तरिकाले महशुल नउठाएको बताए ।
उनले भने-‘मिटरहरुमा फोहोर जमेका कारण रिडिङमा समस्या देखा परेको हो हामी आग्रह गर्छौ की रिडिङमा कुनै समस्या छ जस्तो लाग्यो भने खानेपानी सस्थानको कार्यालयमा निवेदन दिनुहोस हामी तपाईको मिटरमा देखीएको समस्या समाधानमा कटिबद्ध छौ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय