पथरी। चुनाब आउन हप्ता दिन बाकी रहदा मोरङ-३ मा नेकपा एमाले भित्र बिचलन उत्पन्न भएको छ । मोरङ-३ मा भनुभक्त ढकाल र प्रदेश-३ (१) मा पथरी शनिस्चरेका दिलिप कुमार राईले टिकट पाए सगै एमाले बृतमा उत्पन्न दरार चुनाबको मुखैमा आउदा समेत सम्मे हुन सकेको छैन । उत्पन्न दरारकै कारण पुन: एमाले पथरीशनिस्चरेमा फेरि एक पुराना एमाले नेता देबिप्रसाद प्रसाईले पार्टी परित्याग गरेका छ्न । केहि महिनाअघि एमालेबाट निर्वाचित पथरीशनिश्चरे नगरपालिकाकी पूर्व उपप्रमुख यमुना विष्टले पार्टी परित्याग गरेकी थिइन् । त्यसको केहीदिनपछि एमाले नेता तथा प्रदेश कमिटिका सचिवालय सदस्य रामकुमार बस्नेतसहित ५ जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । भने आज प्रसाईले पनि पार्टी परित्यागको घोषणा गरेका छन् ।
प्रसाईँले आज पथरीशनिश्चरेको नर्वदेश्वर शिवालय मन्दिरमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले एमाले पार्टी भित्र अवसरवाद,परिवारवाद,नातावाद, धनवाद र डनवाद हावि भएको भन्दैपसेको भन्दै पार्टी छोड्न बाध्य भएको बताए ।
उनले एमाले उमेदवार भानुभक्त ढकाल, केन्द्रिय सदस्य युवराज बास्कोटा लगायतका नेताले गत स्थानीय निर्वाचनमा आफुलाई झुटा आश्वासनसहित वडाध्यक्षको उमेदवारी फिर्ता लिन लगाएर आश्वासन पुरा नगरेको आरोप लगाए । प्रर्साईंले गत स्थानीय निर्वाचनमा वडा न १ बाट बिद्रोह गरि वडाध्यक्षमा उमेदवारी दिएका थिए । पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले र एमालेका उम्मेद्धार भानुभक्त ढकाल मोरङ क्षेत्र नं ३ का मतदाताका समस्यामाथि राजनिति गर्न लागेको समेत उनले आरोप लगाए । उनले यो पटक भानुभक्त ढकाललाई यस निर्वाचनमा हराएर मतदाताप्रति जिम्मेवार बन्नुपर्छ भन्ने शिक्षा दिन समेत मतदातालाई आग्रह गरे ।
ADVERTISEMENT