कानेपोखरि । मङ्सिर ४ आउन पाच दिन मात्रै बाँकी रहँदा मोरङको निर्वाचन क्षेत्र नं. ३ मा नेपालि काग्रेस प्रबेशको लहर चलेको छ ।नेकपा एमालेले स्थानिय स्तर र केन्द्रीय स्तरमा बिबादित छबि बनाएका प्रतिनिधि सभाका उम्मेदवार भानुभक्त ढकाल र प्रदेश ३(१) मापथरि शनिस्चरे नगरपालिका पुर्व मेयर दिलिप कुमार राईलाई प्रदेश सभाको उम्मेद्वार बनाएसगै नेकपा एमाले भित्र दरार उत्पन्न भएकोथियो सोहि दरारका कारण नेकपा एमाले भित्र पहिरो जाने क्रम रोकिएको छैन ।
शनिबार पथरीका पुराना एमाले कार्यकर्ता देवीप्रसाद प्रसाईंले एमाले छाडे । एकदिन अघि शुक्रबार मोरङ ३ कै कानेपोखरी गाउँपालिकावडा न.४,५,६ र ७ मा एमाले समर्थक सयौ युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता सुशील राईको सहजिकरण र सञ्चालनमा कानेपोखरी–६ रमाइलो बजारमा भएको पार्टी प्रवेश कार्यक्रममाप्रमुख अतिथि एवम् वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मोरङ क्षेत्र न.३का प्रत्यक्ष तर्फका उम्मेदवार सुनिलकुमार शर्मा रप्रदेशसभाका प्रत्यक्ष तर्फका उम्मेदवार मानबहादुर लिम्बु लगायतका नेता कार्यकर्ताहरू नव प्रवेशिहरूलाई नेपाली कांग्रेस पार्टीमास्वागत गरेका थिए।
कांग्रेस प्रवेश गर्नेहरूमा युवा सङ्घ निकट युवाहरू छन् । पार्टी प्रवेश गरेका युवाहरूले संघिय लोकतान्त्रिक ब्यवस्था र गणतान्त्रिकसंविधानको रक्षाका लागि कांग्रेस प्रवेश गरेको बताए ।