उर्लाबारी । मोरङको उर्लाबारी स्थित तरल क्याफेको बार्दलीमा शुक्रबार साझ भएको युवाहरुको भडपका कारण १ जना गम्भिर घाइते भएका छन् ।
शुक्रबार साँझ दुई समूहबीच झडप हुँदा ३ जना घाइते भएका हुन् । एकको अवस्था गम्भीर छ । वडा नम्बर-६ स्थित तरल क्याफेअगाडिको बार्दलीमा आइतबारेका कुमार लिम्बूको समूह र उर्लावारी—६ का रजत थापाको समूहबीच झडप हुँदा ३ जना घाइते भएको मोरङ प्रहरीले जनाएका छ ।
मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाको अनुसार थापाको समूहले आक्रमण गर्दा उर्लावारी—४ का गौतम तामाङको अवस्था गम्भीर छ । उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै वडा नम्बर ७ का स्थानीय युवा नितम चौहान र ८ नम्बर वडाका युवा मिलन श्रेष्ठ पनि घाइतेको भएको एसपी कोइरालाले जानकारी दिए । उनीहरुको अवस्था सामान्य छ । थापा,चौहान र श्रेष्ठ बसिरहेको समयमा लिम्बूको समूह आएर उनीहरुमाथि धारिलो हतियारले आक्रमण गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नको भएको आरोपमा प्रहरीले कुमार लिम्बूसहित, उर्लावारी-५ का आशंक लिम्बु र वडा नम्बर ६का रजत थापालाई पक्राउ गरेको छ । पुराना रिसिईबीलाई लिएर लिम्बूको समूहले थापालाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरी स्रोतका अनुसार केही महिनाअघि कुमारलाई थापाले आइतबारेमा हातपात गरेर फरार भएका थिए । उर्लावारी आएको थाहा पाएपछि लिम्बूको समूहले शुक्रबार आक्रमण गरेको स्रोतले बतायो । लिम्बुको समूह पछिल्लो समय उर्लाबारी क्षेत्रमा कुटपिटका घट्नामा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय