
उर्लाबारी। मोरङको क्षेत्र नम्वर-१ मा नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति डिग बहादुर लिम्वु विजयी बन्नु भएको छ ।
मतगणनाको सुरूवातदेखि पछि पर्नु भएका लिम्वुले मत परिणामको अन्तिम अन्तिममा आएर खतिवडालाई पछि पार्दै विजयी हासिल गर्नु भएको हो ।
निर्वाचन कार्यालयले शनिबार साझ घोषणा गरेको अन्तिम मत परिणाममा डिगबहादुरले २५७९४ मत ल्याउदा खतिवडाले २५४६९ मत प्राप्त गर्नु भएको थियो । प्राप्त मतपरिणामका आधरमा लिम्वुले खतिवडालाई ४ सय ३० मतान्तरले पछि पार्दै विजयी हासील गर्नु भएको हो ।
२०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गर्नु भएको थियो यस पटकको निर्र्वाचनमा लिम्वुले अघिल्लो निर्वाचनको बदला खतिवडा सग लिनु भएको छ ।भने २०७० मा लिम्बूले खतिवडालाई पराजित गर्नु भएको थियो ।
यस्तै प्रदेश सभा १(१) तर्फ नेकपा एमालेका उमाकान्त गौतमले लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार कुशल साम्वालाई ३ हजार ५ सय २७ मतले पछि पार्दै विजयी हासिल गर्न भएको थियो भने एमालेका गौतमले १३ हजार ५ सय ३१ र साम्वाले १० हजार ४ मत प्राप्त गर्नु भएको थियो ।
यस्तै प्रदेश १(२) मा पनि नेकपा एमालेका खड्ग बहादुर बस्नेतले लोकतान्त्रिक बाम गठबन्धनका एकिकृत समाजवादीका उम्मेदवार उपेन्द्र प्रसाद घिमिरेलाई ६ सय ७६ मतले पछि पार्दै विजयी हासील गर्नु भएको थियो । एमालेका बस्नेतले १४ हजार ५ सय ३९ मत प्राप्त गर्नु भएको थियो भने बर्तमान प्रदेश नम्वर १ का सुचना तथा संचार मन्त्रि समेत रहनु भएका घिमिरेले १३ हजार ८ सय ६३ मत प्राप्त गर्नु भएको थियो ।



