पथरी । मंसिर-४ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचनले मोरङको बेलबारी नगरपालिकालाई ३ जना सांसद दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित भएका ३ नै जना सांसद बेलबारी नगरपालिकाका रहेका छन् ।
प्रतिनिधि सभामा निर्वाचित भएका सुनिलकुमार शर्माको घर बेलबारी-४ मा छ । उनी एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । ढकालले सुन्दरहरैचामा घर बनाइरहेका छन् ।
२०७४ सालको निर्वाचनमा पर्यटक उम्मेदवारको आरोप लागेपछि यस पटकको निर्वाचनमा उम्मेदवार बन्दा ढकालले घर बनाएका हुन् । शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी बन्दा ढकालले २५ हजार ८९५ मत ल्याएका थिए रेखा थापाले १० हजार ९८८ मत ल्याएकी छन् ।
प्रदेशतर्फ ३ (१) मा कांग्रेसका मानबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले १९ हजार ७४९ मत ल्याएका छन् भने एमालेका दिलीप राईले १४ हजार ८१७ मत मात्रै ल्याएका छन् ।
लिम्बुको घर बेलबारी-१० मा पर्छ भने राईको घर पथरीशनश्चरे हो । राई पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर हुन् ।
मोरङ ३(२) मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् । उनले एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । सुवेदीले १७ हजार ७२८ मत ल्याएर विजयी बन्दा श्रेष्ठले १५ हजार ३५८ मत प्राप्त गरेका छन् ।
सुवेदीको घर बेलबारी-३ मा छ । उनी बेलबारीका पूर्व मेयर समेत हुन् । समानुपातिकको मतगणना जारी रहेको छ प्रदेशको समानुपातिकमा माओवादी केन्द्रबाट गीता तिम्सिनाको नाम बन्दसूचीमा छ । उनको घर पनि बेलबारी हो
बन्दसूचीमा महिलातर्फ उनको नाम पहिलो नम्बरमा रहेको छ । उनी पनि सांसद भए बेलबारीले ४ जना सांसद पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय