पथरी । मोरङको पथरीशनिश्चरे बाट मोटरसाइकल चोरीको कारोवार गर्ने एक जना पक्राउ परेका छन् ।
ट्राफिक प्रहरी कार्यालय पथरी र ईलाका प्रहरी कार्यालय पथरीको टोलीले पूर्वपश्चिम राजमार्गमा सवारी चेकजाचका क्रममा चोरीको मोटरसाईकल सहित मोरङको मिक्लाजुङ-६ बस्ने वर्ष १९ का अनिश मगरलाई २६ गते प्रक्राउ गरेको जनाएको छ ।
मे. ५ प. २१५१ नंम्बरको मोटरसाईकलको कागजपत्र चेकजाच गर्ने क्रममा मगर पक्राउ परेका हुन् । मोटरसाईकल सोहि गाउँपालिका-७ बस्ने मनोज कुमार सुबेदीको घर आँगनमा पार्किङ गरी राखेको अवस्थामा उनले चोरी गरेको वयान प्रहरीलाई दिएको ईलाका प्रहरी कार्यालय पथरीका डिएस्पी वेदप्रसाद गौतमले बताए ।
गौतमका अनुसार मोटरसाइकल मोटरसाईकल चोरी गरेको स्थान ई.प्र.का. उर्लाबारी मोरङको एरिया पर्ने भएकोले अनुसन्धान एवं आवश्यक कार्वाहीको लागि सोमबार ई.प्र.का. उर्लाबारीमा पठाईएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय