पथरी । भारतीय सेनामा लगाई दिन्छु भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार मोरङको पथरी शनिश्चरे-३ बस्ने वर्ष ४२ नरेन्द्र पाख्रिन तामाङले भारतीय सेनामा लगाई दिन्छु भनी विभिन्न स्थानका युवाहरुलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राऊ गरेको हो ।
सेनामा लगाइदिन्छु भन्दै पाख्रिनले जनही ५-८ लाखसम्म ठगी गरेको जाहेरी परेपछि अभियुक्त तामाङलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डिएस्पी वेदप्रसाद गौतमले बताए ।
गौतमका अनुसार पाख्रिनलाई ठगी कसुरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पथरीको हिरासतम राखिएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय