उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर-३ को आयोजनामा संचालित चारदिने लागुऔषध,साईबर क्राईम तथा सडक दुर्घटना न्यूनिकरण तथा रोकथाम सम्बन्धि कार्यक्रम समापन भएको छ ।
गत पुष १३ गतेदेखि थापाचौक स्थित मंगलबारे सामुदायिक भवनको सभाहलमा सुरु भएको उक्त कार्यक्रम शनिबारबाट समापन भएको हो ।
समापन समारोहको प्रमुख अतिथि समेत रहेका उक्त वडाका पुर्ववडाअध्यक्ष गञ्जबहादुर कार्कीले अभियानलाइ गाउघर सम्म पुर्‍याउनु पर्ने बताए
लागुऔषध रहित समाज, समृद्व वडा हाम्रो अभियान भन्ने मुल नाराका साथ विभिन्न क्षेत्रमा अनुभवी व्यक्तित्वहरुलाई प्रशिक्षकको रुपमा सहभागी गराई चार दिनसम्म वडाले चलाएको उक्त अभियानले सार्थकता पाउनेमा आशावादि रहेको वडा अध्यक्ष भिष्मराज बुढाथोकिले बताए ।
वडाले सोही अभियान अन्र्तगत आगामी दिनमा दोस्रो चरणका कार्यक्रमहरुलाई उपर्युक्त स्थान पहिचान गरि जेब्रा क्रसिङ्को निर्माण , रिफ्लेक्टर र नाईट भिजन सिसि क्यामेरा जडान गर्ने र भित्री सडकहरुमा स्पिड ब्रेक्ररहरु बनाउने उनले बताए ।
उक्त अभियानमा वडा नम्बर ३ को दुर्गा माध्यमिक विद्यालय , विद्याज्योती , सनसाईन ,शुभकामना र हिमालय बोर्डिङ् स्कुल र वडा नम्बर २ को सुनपकुवा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सहभागीहरुलाई ईलाका प्रहरी कार्यालयमा प्रमुख प्रहरी निरिक्षक मिलन थापा, जिवन बचाउ उपचार केन्द्र उर्लाबारीका काउन्सिलर शिशिर भट्टराई, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका चिकित्सक सुमन यादव, उर्लाबारी नगरपालिकाका आईटी शाखाका सुचना अधिकृत रोशन ठाकुर र सामाजिक अभियान्ता रुद्रबहादुर तामाङ्ग लगायतले प्रशिक्षण दिएका थिए ।
उक्त अभियानमा ईलाका प्रहरी कार्यालय उर्लाबारी, जिवन बचाउ उपचार केन्द्र उर्लाबारी, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर र ट्राफिक कार्यालय उर्लाबारीको सहकार्य रहेको थियो ।
कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला समन्वय समिति मोरङ्गका सदस्य एवम् वडा सदस्य मित्र ढकाल र पुर्व वडाअध्यक्ष पारमणि कुइँकेल, अतिथिहरु मंगलबारे युवा क्लबका अध्यक्ष पिपलराज गिरी, ईप्रका उर्लाबारीका वरिष्ठ प्रहरी नायव निरिक्षक मनोज यादव, मदन भण्डारी अस्पताल तथा तथा ट्रमा सेन्टर मंगलबारेका चिकित्सक सुमन यादव, जिवन बचाउ उपचार केन्द्र उर्लाबारीका काउन्सिलर शिशिर भट्टराई, वडा सदस्य कृष्ण थापा, कृष्ण कुमारी विक र ज्योति धिमाल लगायत रहेको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय