काठमाडौं । पोर्चुगिच स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन। रोनाल्डोलाई साउदी क्लब अल नासरले दुई वर्षका लागि अनुबन्धन गरेको हो ।
अल नासरले ३७ वर्षीय रोनाल्डोलाई आज औपचारिक रुपमा सार्वजनिक गर्ने जानकारी दिइएको । त्यसअघि रोनाल्डोको मेडिकल जाँच हुनेछ। अल नासरले विज्ञप्ति जारी गर्दै रोनाल्डो र क्लब बीच सन् २०२५ सम्मका लागि सम्झौता भएको बताएको थियो। तर कति रकममा भित्राइएको हो भन्नेबारे अहिलेसम्म क्लबले खुलाएको छैन। उनी २ सय मिलियन युरोभन्दा माथिको रकममा अल नासर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

पाँच पटकका बालोन डिुओर विजेता रोनाल्डो इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट अल नासर पुगेका हुन्।​ युनाइटेड र प्रशिक्षक एरिक टेन हाखबारे आलोचनात्मक टिप्पणी गर्दै टेलिभिजनलाई अन्तर्वार्ता दिएपछि रोनाल्डो आलोचित बनेका थिए। त्यसपछि क्लब र रोनाल्डोबीच सहमतिमा सम्झौता भंग भएको थियो।

नौ पटकको साउदी प्रो लिग विजेता अल नासरले रोनाल्डोको आगमनले अर्को घरेलु लिग र पहिलो एएफसी एसीयन च्याम्पियनसिप उपाधि जित्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय