
पथरी, ३ माघ
मोरङको पथरीशनिश्चरे नगरपालिकाले पालिका भित्र रहेका अनुदानका शिक्षकलाई तलव प्रदान गर्ने भएको छ ।
पालिका मातहत विभिन्न विध्यालयमा शिक्षक नियुक्ति गरि अध्यायपन गराउदै आएको नगरपालिकाले केही महिना अगाडी देखी रोकिएको अनुदानका शिक्षकलाई तलव उपलव्ध गराउने निणर्य गरेको हो ।
अनुदानका शिक्षकलाई नेपाल सरकारले नै तलव सुविधा उपलव्ध गराउने व्यावस्था भएतापनि प्राविधिक त्रुटिका कारण उनिहरुले पाउने तलव सुविधा रोकिएको थियो । सो रोकिएको तलवलाई नगरपालिकाले नै उपलव्ध गराउने निणर्य गरेपछि ३ महिना भन्दा बढी समय रोकिएको तलव शिक्षकहरुले प्राप्त गर्ने भएका छन ।
यस्तै नगरपालिकाले २०७९ साल माघ ९ गते नगरसभाको तयारी स्वरुप कार्यपालिकाको बैठक बस्ने, विपत व्यवस्थापन विधेयक नगरसभामा पेश गर्ने र पेश भए बमोजिम संसोधित बजेट तयारीको लागि कार्यपालिकाले कार्यालयलाई जिम्मेवारी प्रदान गर्ने लगायतका निणर्यहरु पारित गरिएको प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो।



