उर्लाबारी, ३ । मोरङको उर्लाबारी नगरपालिकाले जग्गा कित्ताकाट गर्ने निणर्य गरेको छ । लामो समयदेखि कित्ताकाट अवरुद्ध हुँदा जग्गाको किनबेचमा उल्झन थपिएको थियो । नापी कार्यालयसँग समन्वय गरेर कित्ताकाट गर्ने निणर्य गरिको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नी अधिकारीले जानकारी दिनु भयो ।
उर्लाबारी नगर क्षेत्रमा भू-उपयोग क्षेत्र निर्धारण गरिएको छ । जिल्लामै पहिलोपटक उर्लाबारी नगरपालिकाले भू-उपयोग क्षेत्र निर्धारण गरेको उर्लाबारी नगरपालिकाले जानकारी दिएको हो ।
नगरपालिकाले व्यावसायिक, आवासीय, औधोगिक र कृषियोग्य भूमि क्षेत्र निर्धारण गरिएको नगरका मेयर गंगाप्रसाद खरेलले बताउनु भयो ।
मेयर खरेलका अनुसार फरक क्षेत्रको फरक कर निर्धारण गरिएको र त्यसलाई आगामी आर्थिक वर्ष २०८०/०८१ देखि लागू गरिने बताउनु भयो ।
निर्धारित व्यावसायिक क्षेत्रअन्तर्गत पूर्व पश्चिम राजमार्गदेखि उत्तरदक्षीण १ सय मिटर, वडा नम्बर ४ आइतबारे बजारदेखि ५ सय मिटर, मधुमल्ला-राजघाट सडकको दायाँ वायाँ १ सय मिटर, ‘क’ वर्गको सडकको दायाँ वायाँ ५० मिटर, मंगलबारे बजारको १ किलोमिटर, उर्लाबारी बजारको १ किलोमिटर, वडा नम्बर ८ र ९ को दुर्गापुरी बजारको २ सय ५० मिटर तथा आमबारी र अठियाबारी बजारको १ सय ५० मिटर सेरोफेरो रहेको छ ।
यसैगरी निर्धारित आवासीय क्षेत्रअन्तर्गत पूर्व पश्चिम राजमार्गको व्यावसायिक पछि उत्तर दक्षीण १ सय ५० मिटर, मधुमल्ला-राजघाट सडकको व्यावसायिक पछि दायाँ वायाँ १ सय मिटर, ‘क’ वर्गको सडकको व्यावसायिक पछि दायाँ वायाँ ५० मिटर, ‘ख’ वर्गको सडकको दायाँ वायाँ ७५ मिटर र अन्य सडकको दायाँ वायाँ २५ मिटरभित्रको भू-भाग रहेको छ ।
यस्तै निर्धारित औधोगिक क्षेत्रअन्तर्गत वक्राह र मावा नदी किनार तथा बाँकी रहेका सम्पूणर् क्षेत्र कृषिका लागि उपयोग गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय