उर्लाबारी । मोरङको उर्लाबारी—५ स्थित स्कुलडाँडामा रहेको अरनिको अस्पताल प्रा.लि.ले आज आफ्नो नवौ चुनावी साधारण सभा सम्पन्न् गरेको छ ।
शनिबार उर्लाबारी स्थित सगरमाथा बचतको सभाहलमा सभाको आयोजना गरी अस्पतालको अध्यक्षमा पुनः लोलिम पोमुलाई नै चयन गरेको छ ।
पोमु आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्मत् अध्यक्षमा चयन भएका हुन भने समितीको सचिवमा रञ्जित पोमू लिम्बू, सदस्यहरुमा डा. सन्दिप अधिकारी, बालकृष्ण सुब्बा, बुधराज सेम्बू, विश्वास पोमू र सन्नी लाबुङ रहेका छन् । यस्तै, सल्लाहकार समिति संंयोजकमा आइन्बा पोमू लिम्बू र सदस्यहरुमा सुरेन्द्र लाबुङ, डा. सम्पन्न बुढाथोकी, चिरञ्जीवी चुडाल र विष्णुबहादुर थापा मगर रहेका छन् ।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा अधिकांश वक्ताहरुले निजी क्षेत्रमा औषधी उपचार गर्न महङगो भएका कारण सहज बनाउनु पर्ने बताएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कोरोना संक्रमण उच्च भएका बेला निजी क्षेत्रमा रहेका अस्पतालहरुले संक्रमणकारीहरुको उपचारमा आफ्नो दायित्व पुरा गर्दैै राज्यप्रति गहन उत्तरदायित्व पुरा गरेको बताउनु भयो ।
तर निजी क्षेत्रको अस्पतालमा औषधी उपचार महङगो पर्ने भएका कारण सर्वसाधरण सवैको सहज पहुच पुग्न नसक्ने भएकाले सर्वसाधरण सवैको पहुच सहज पुग्ने निजी क्षेत्रले उपचारलाई सरल बनाउनु पर्नेमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।
यस्तै प्रदेश प्रमुख खापुङ्ले हरेक नागरिकहरु रोगी भई अस्पताल मात्र बस्नुपरेमा त्यो देशको उन्नति कहिल्यै नहुने बताउँदै स्वास्थ्य समस्या समधानका लागी सबैजना एकजुट हुनुपर्नेमा जोड दिनु पर्ने बताउनु भयो ।
यस्तै उहाले हरेक नागरिकका लागि गुणस्तरिय स्वास्थ्य उपचार सेवा आवश्यक रहेकोले उक्त सेवा अरनिको हस्पिटलले प्रदान गरिरहेकोमा धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा उर्लाबारीका पुर्व मेयर खड्ग फागोले हस्पिटलले सडकदेखि बिरामीहरु उठाएर निःशुल्क उपचार गरिरहेको बताउदै हस्पिटलले विराटनगर बाहिर मुटु उपचार सेवा प्रदान गरिरहेकोमा धन्यवाद समेत व्यक्त गरे । उनले उर्लाबारीमा कहलिएका राजनितिज्ञ र समाजसेवीहरु अनावश्यक राजनितिक टिक्का टिप्पणी गरेर प्रतिशोधको भावना साधेको बताउदै उर्लाबारीमा खुट्टा तान्ने प्रवृत्ती अन्त्य हुनुपर्ने जोड दिए ।
यस्तै कार्यक्रमको विशेष अतिथी प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले कयौं विमारीहरु गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित रहेको र सबैको पहुचँमा स्वास्थ्य सेवा पुर्याउन आफूले आवाज उठाउने बताइन् । उनले विपन्न विमारीहरुको निःशुल्क उपचार गरी अरनिको अस्पतालले सामाजिक दायित्व निर्वाह गरेको समेत बताईन् ।
त्यसैगरी कार्यक्रममा मन्तव्य राख्ने क्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले स्वास्थ्य नै धन हो भन्दै लापारवाही गरे स्वास्थ्यमा ठूलो जोखिम उत्पन्न हुने तर्फ सचेत गराए ।
उक्त अवसरमा अस्पतालको भावि योजनाहरु सार्वजनिक गर्ने क्रममा अध्यक्ष पोमुले हस्पिटलको स्तरोन्नति गर्दे १सय बेडको हस्पिटल बनाई आईसियु र एनआईसियु सुविधा थप गरि जटिल ओटिहरु गर्ने योजना रहेको बताएका छन् ।
यस्तै उनले हरेक वर्ष उर्लाबारीको सबै वडामा ५ परिवारको निःशुल्क स्वास्थ्य बिमा गराउने उद्घोष गरे ।
उक्त अवसरमा अस्पतालले राधिका माविमा कक्षा १२ मा अध्ययनरत बाल गृहकी सुनिता चेपाङ् र कक्षा ११ मा अध्ययनरत सुमित्रा किस्कु र अर्जुन मगरलाई जनही १० हजार रुपैयाँ बराबरको छात्रावृती प्रदान गरेको छ ।
यस्तै उक्त सभामा पत्रकार सरोज बस्नेत र जगन्नाथ भट्टराईसहित सामाजिक जीवनका बिभिन्न क्षेत्रमा योगदान पुर्याउने एक दर्जन बढीलाई सम्मान गरिएको थियो ।
अस्पतालका अध्यक्ष लोलिम पोमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य अस्पतालका डाक्टर सन्दिप अधिकारीले राखेका थिए ।
२०७० सालमा स्थापना भई २०७१ सालदेखि उक्त हस्पिटलले आकस्मिक सेवा, विशेषज्ञ डाक्टरबाट ओपिडि सेवा, हाडजोर्नी, फिजिसियन, रेडियोलोजिष्ट, सर्जन, वालरोग, महिला, छालारोग, नाक कान घाँटी,आमा सुरक्षा कार्यक्रम, फिजियोथेरापी लगायतको सेवा प्रदान गर्दै आएको छ ।
ADVERTISEMENT