
पथरी । मोरङको पथरीशनिश्चरे-२ बुद्धचौकमा रहेको लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. आफ्नो २१ औं स्थापना दिवस सम्पन्न गरेको छ ।
सस्थाले आज नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा होटल साल्पामा एक कार्यक्रमको आयोजन गरी कार्यक्रम समपन्न गरेको हो । कार्यक्रमको उद्घाटन मेयर तुम्वापोले केक काटेर गर्नु भएको थियो ।
स्थापना दिवशको अवसरमा भएको कार्यक्रममा सहकारीले २९ जना ज्येष्ठ नागरीकलाई सम्मान गरेको छ । ज्येष्ठहरुलाई नगर प्रमुख मोहन प्रसाद तुम्बापोले भत्ता वितरण गर्नु भएको हो ।
सहकारीले २ बर्ष अघि देखि वृद्धवृदा सदस्यलाई भत्ता वितरण गर्दै आएको छ । उमेर पुगेका वृद्धवृदा सदस्यलाई प्रत्येक ३/३ महिनामा ३ हजारका दरले वृद्धभत्ता वितरण गर्दै आएको छ ।
सोही अवसरमा सस्थाले पथरीबाट पत्रकारिता गर्दै आउनु भएका पत्रकार भुमि पाठकलाई नगद ५ हजार १ रुपैयाले पुरस्कृत गरेको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक कणर् बहादुर राईलाई, एकल महिलालाई नगद सहित सम्मान गरिएको थियो । संस्थाले अयखभेजना गरेको रत्तदान कार्यक्रममा ५ प्रिन्ट भन्दा बढी रक्तदान गर्ने संघ संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।
सहकारीले “वर्तमान आर्थिक संकट व्यवस्थापनमा सहकारीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिताका विजयी छात्र छात्रालाई पुरस्कृत गरिएको थियो । पथरी शनिश्चरे नगरपालिका भित्रका १५ विद्यालयहरुले सहभागिता जनाएकोमा चन्द्रकिरातेश्वर माविकी छात्रा निवा चेम्जोङ प्रथम, न्यू प्यागोडा अंग्रेजी माध्यमिक विद्यालयका छात्र भविन्द्र अधिकारी दोस्रो, रेडस्टार आवसीय माध्यमिक विद्यालयकी छात्रा मोनिका आचार्य तेस्रो र मोरङ्ग मेरिगोल्ड अंग्रेजी माध्यमिक विद्यालयका समीर कार्की र पंचायत माध्यमिक विद्यालयकी गंगा भण्डारीले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रममा विशेष अतिथि जिल्ला वचत संघ मोरङका उपाध्यक्ष एकराज निरौला, वडा अध्यक्षहरु उद्धवराज बस्नेत, नैना राई, विजय राई, प्रमुख सल्लाहकार दिलबहादुर तामाङ, सल्लाहकार हर्कबहादुर राई अतिथि रहनुभएको थियो ।



