उर्लाबारी । मोरङको उर्लाबारीमा जारी प्रादेशिक महोत्सवमा आज गायिका अस्मिता अधिकारी र गायक प्रताप दासको प्रस्तुति रहने भएको छ ।
आज साँझ गायिका अधिकारी र गायक दासले सहभागी दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । आज उल्लेखिय दर्शकको सहभागिता रहने आयोजकले जनाएको छ ।
स्थानिय उत्पादनलाई ब्राण्डिङ गरी ३ विदेशी छिमेकी राष्ट्रहरु बंगलादेश, पाकिस्तान, भारतका उत्पादनलाई प्रदर्शनिमा राखेर उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा दैनिक ४ हजार मानिसले अवलोक गर्ने गरेको महोत्सवका सह-सयोजक प्रितम खड्गीले बताउनु भयो ।
महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल रहेका छन् ।
पछिल्लो समय व्यावसायीहरु चलयमान नभईरहेको अवस्थामा उनिहरुलाई चलयमान गराउने र स्थानिय स्तरमा उत्पादन भएका बस्तुहरुलाई एक्सपोको माध्यमबाट बजारीकरण गर्ने र उत्पादित बस्तुको क्रय श्रृखला बृद्धि गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरीएको र क्रमस त्यसमा सफल हुदै गएको महोत्सवका संयोजक चन्द्रबहादुर भट्टराईले बताउनु भयो ।
महोत्सवमा बंगलादेश, पाकिस्तान, भारत लगायत ३ विदेका १३ स्टल सहित १ सय ७० स्टल रहेका छन् ।
महोत्सवमा कृषिजन्य वस्तुको विशेष प्रदर्शनी, खाना तथा घरेलु उत्पादनहरु, हस्तकलाका उत्पादन, गार्मेन्टका उत्पादन, फुटवेयर, अटोमोवाइल्स, निर्माण सामग्री, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामग्री, जडीबुटी तथा औषधीजन्य वस्तुहरु, विभिन्न सांस्कृतिक एवम् मौलिकता झल्किने वस्तुहरुको प्रदर्शनी रहेको छ ।
ADVERTISEMENT