दमक । नेपाली भाषी भुटानी शरणार्थीको हकहितमा काम गर्दै आएको इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को अडिसन हुने भएकोे छ ।
नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो नाम दिएको यस प्रतियोगिताको प्रदेश नम्बर १ को पुर्वी क्षेत्रका लागि झापाको दमक ९ स्थित श्री सरस्वती माविमा यहि फागुन २० र २१ गते अडिसन हुने भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको अफिसियल एपमार्फत १८ वर्ष माथिका व्यक्तिले यस प्रतियोगिताको लागि आवेदन दिन सक्ने जनाएको छ ।
यी शोहरुमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरेर रजिष्टर गर्न सकिने जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपालका लागि फाउन्डेसनका कोडिनेटर राम बानियाले भने- “हामी हाम्रो सस्कार संस्कृति जोगाउन एकजुट भएर लागि परेका हौ, यसमा सवैको साथ र सहयोगको अपेक्षा गरेका छौ । ”
फाउण्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’ र मेरो डान्स यूनिभर्स’को विजेताले १ करोड रुपैया पुरस्कार प्राप्त गर्ने जनाएको छ भने क्रमस दोस्रो र तेस्रो हुनेले ३० लाख र २० लाख प्राप्त गर्ने बताईएको छ ।
‘मेरो भ्वाइस यूनिभर्स’ को निणर्ायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन् ।
भने मेरो डान्स यूनिभर्स’को निणर्ायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमान राई समावेश भएको आयोजकले जनाएको छ ।
फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट १ सय २० जनाका दरले नेपाली भाषीहरुको बृहत् सहभागिता रहने आयोजकले जनाएको छ ।
ति सहभागि प्रतिष्पर्धीहरु मध्येबाट टप १२ मा पुग्नेहरुलाई भोटिङ राउण्डमा समावेस गरेर प्रतियोगिताको विजेता चयन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय