उर्लाबारी, २७ फागुन । आगामी चेत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि आज देशभरीका आङगिक र सामुदायिक क्याम्पसमा धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।
१४ वर्ष पछि हुन लागेको स्ववियु निर्वाचनमा यस पटक प्रतक्ष्य र समानुपातिक दुवै प्रणालीमार्फत देशभरका ६२ आंगिक क्याम्पसका १ लाख ६२ हजार विद्यार्थी मतदाताले निर्वाचनमा भाग लिने भएका छन् ।
मिनी निर्वाचनका रुपमा हेरिदै आएको विद्यार्थीहरु सम्मिलित स्ववियुको निर्वाचन परिणाम आफ्नो संगठनको पक्षमा पार्न विभिन्न क्याम्पसहरुमा सत्ता साझेदार दलका विद्यार्थी संगठनबीच गठबन्धन भएको छ, भने कतै अनेरास्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूले संयुक्त प्यानल बनाएर अघि बढ्ने सहमति गरेका छन् ।
सोही अनुरुप मोरङको उर्लाबारीमा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसघका विरुद्ध अनेरास्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियू गरी ५ वटा विद्यार्थी संगठनले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
उनिहरुको सयुक्त प्यानलको घेराबन्दीलाई तोड्दै नेविसघले आज सभापतिमा विवेक कार्की नेतृत्वको प्यानल घोषणा गरेको छ ।
स्ववियु निर्वाचनका लागि नेविसघले सभापतिमा विवेक कार्की, सचिवमा देवेन्द्र पौडेल, कोषाध्यक्षमा भुवन श्रेष्ठ र सदस्यहरुमा अञ्जना न्यौपाने, विनिता गौतम, शुशिला कार्की, सन्दिप बुढाथोकी, सुजन सेन्चुरी, विराट थापा र दिपेश जसवाललाई उम्मेदवार चयन गरेको छ ।
यस्तै समानुपातिक तर्फ सञ्जोक भण्डारी, केशव चापागाई, एलिना गौतम, कहना विक, निशा ताजपुरीया, रश्मिका थापा, एनि राई, अनिश बस्नेतलाई सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो ।
नेविसघका विरुद्ध यस पटक उर्लाबारी क्याम्पसमा ६ वटा विद्यार्थी संगठनहरुले गठबन्धन गरेतापनि नेविसंघले ईतिहांस रच्ने गरी तयारी गरिरहेको नेविसंघ क्याम्पस इकाइ सभापति भूपेन काफ्लेले बताउनुभयो ।
स्थापना कालदेखि नै अनेरास्ववियुको एकछत्र राज रहेको यस क्याम्पसमा विद्यार्थीका कुनैपनि मुद्धा किनारा लगाउन नसकेपछि यस पटक क्लिन स्विपको अवस्थामा अनेरास्ववियु पुगेको थियो तर उसले आफ्नो नेतृत्वमा अन्य ४ संगठनका विद्यार्थीहरुलाई विभिन्न पदको भागबण्डा लगाएर नेतृत्व हत्याउने दाउमा लागेको विद्यार्थी नेता अर्विन घिमिरेको बुझाई छ ।


चुनाव ताका धेरै आशस्वसन बाढ्ने र निर्वाचन परिणाम सगै विद्यार्थीको समस्या र उनिहरुका मुद्दामा केन्द्रित नहुने पुरानै परम्पराका कारण अनेरास्ववियुको प्रबृतिका कारण विद्यार्थीहरुले क्याम्पसमा सकस झेल्नु परेको तितो यथार्थलाई विर्सन नसकिने आम विद्यार्थीहरु बताउछन् ।
सोही तितो यर्थाथलाई ढाकछोप गरी चुनावी परिणाम फेरी पनि आफ्नै पोल्टामा पार्ने र आफ्नो परम्परागत शैलिलाई कायम राख्ने दाउमा अनेरास्ववियुले चुनावी ताममेल गरेको विद्यार्थीहरुको बुझाई छ ।
सोही परम्परालाई चिर्न नेविसंघले यस पटक विद्यार्थीहरुमाझ लोकप्रिय छवि बनाएका विद्यार्थीका हरेक समस्या हल गर्न अग्रपंक्तिमा रहेर काम गर्दै आएका कार्कीलाई सभापतिको उम्मेदवार बनाएको विद्यार्थी नेता सुजित जैसवाले बताउनुभयो ।
नेविसंघले क्याम्पसका हरेक मुद्धामा साथ दिदा पनि अपेक्षकृत ढंगले काम नभएको आम विद्यार्थीको गुनासो रहेको छ । नेविसंघका लागि परिपक्क, विद्यार्थीमाझ लोकप्रिय नेता विवेक कार्कीलाई स्ववियु सभापतिको उमेद्वारमा अगाडी सारेपछि पर्ख र हेरको अवस्थामा रहेको अनेरास्ववियुले ६ संगठनको सयुक्त प्यानल बनाएर चुनावमा होमिएको विद्यार्थीले बताए ।
बिगतमा विद्यार्थीका हरेक समस्यालाई साथदिएको, पठन पाठन पुस्तकालय, बस लगायत विद्यार्थीसंग प्रत्यक्ष सरोकार राख्ने विषयमा गरेको सहयोग र साथले पनि नेविसंग जित तर्फ अगाडि बढेको बिएड दोस्रो वर्षमा अध्ययनरत् विद्यार्थी अञ्जना न्यौपाने बताउनु हुन्छ ।
विद्यार्थीका समस्या हल गर्ने भन्दा पनि तर्किने बानी परेका अन्य संगठनका अगाडी नेविसंघ अधिकार प्रप्तीका लागि सदैव अगाडी लागेकाले पनि यसपटक मजबुद रहेको विद्यार्थी रश्मिका थापाको बुझाई छ ।


यसपटक लामो समय विद्यार्थी नेतृत्व गरेका सुजित जसवाल, महेन्द्र ठाकुर, तिलक पौडेल, योगेस छिनाल, अर्विन घिमिरे जस्ता अनुभबी विद्यार्थी नेताले चुनावि कमाण्ड समालेका कारण उर्लाबारी क्याम्पसमा नेविसंघको माहोल बढेको हो ।
स्ववियु निर्वाचनका लागि नेविसघले विद्यार्थीको हरेक समस्यामा साथ दिदै आएको देवेन्द्र पौडेल, भुवन श्रेष्ठ, अञ्जना न्यौपाने, विनिता गौतम, शुशिला कार्की, सन्दिप बुढाथोकी, सुजन सेन्चुरी, विराट थापा र दिपेश जसवालको टिमलाई चयन गरेका कारण कार्कीको टिम मजबुत बनेको विद्यार्थी नेता महेन्द्र ठाकुरले बताउनुभयो ।
उर्लाबारीमा वि.सं. २०६२ सालमा जनक खड्काको नेतृत्वमा उपसभापति सहित ५ सिट नेविसंघले जितेको थियो । त्यस यता एक छत्र रुपमा अनेरास्ववियुले क्याम्पसमा राज गर्दै आएको भएतापनि यस पटक भने नेविसंघको राम्रो टिम बनेका कारण अन्य संगठनका विद्यार्थीले पनि कार्कीको नेतृत्वलाई मत दिने अनेरास्ववियुका एक विद्यार्थीले बताए ।

यता गठबन्धनका तर्फबाट सभापतिमा प्रिती दहाल, सचिवमा थानेश्वर अधिकारी, र कोषाध्यक्षमा भुवन मंग्रान्तिलाई उम्मेदवार बनाईएको छ भने सदस्यहरुमा सर्मिला चापागाई, चिराग श्रेष्ठ, दिवश ढुङगाना र हिक्मत थापा, दिपेन्द्रबहादुर बराईली, अजय खतिवडा, विनोद नेपाल, विश्वास राईलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय