
उर्लाबारी, २९ फागुन । असन्न चैत ५ गते हुने स्ववियु निर्वाचनको रौनकले यति बेला उर्लाबारी बहुमुखी क्याम्पसलाई छप्पकै ढाकेको छ ।
सवै विद्यार्थीको साझा फुलबारीका रुपमा रहेको नेपाल विद्यार्थीसंघ (नेविसघ) र नेकपा एमाले निकट अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनले सयुक्त प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।
स्थापना कालदेखी उर्लाबारी बहुमुखी क्याम्पसमा एक छत्र स्ववियुमा राज गर्दै आएको अनेरास्ववियुले विद्यार्थीहरुको साझा आवाजलाई समेट्न नसके पछि यस पटक नेविसघले नेतृत्व परिवर्तनका लागि विविस चौथो वर्षमा अध्ययनरत विद्यार्थी विवेक कार्कीलाई उम्मेदवार बनाएको जनाएको छ ।
२०६२ सालदेखी उर्लाबारी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियुले नेतृत्व सम्हाल्दै आएको भएतापनि विद्यार्थीको चौतर्फी विकासमा विगतको स्ववियु नेतृत्वले ध्यान दिन नसकेको विद्यार्थीहरु बताउछन ्।
̔पदका लागि नेतृत्व̛ भन्दा पनि क्याम्पसको भौतिक, शैक्षिक, सुचना प्रविधी र शिक्षण शिकाई क्रियाकलापमा आधुनिकता थपी विद्यार्थीहरुको चौतर्फी विकासलाई आत्मसाथ गर्ने नेतृत्व क्याम्पसमा आवश्यक परेका कारण नेविसंघले उर्जावान विद्यार्थी नेता कार्कीको प्यानल बनाई भोटको अपिल गरेको नेविसंघ क्याम्पस इकाइ सभापति भूपेन काफ्लेले बताउनुभयो ।
उर्लाबारी सग सिमाना जोडिएका मिक्लाजुङ गाँउपालिका, रतुवामाई नगरपालिकाका विद्यार्थीहरु अध्ययन गर्ने थलोका रुपमा हेरिएको यस क्याम्पसमा स्ववियु निर्वाचनमा उम्मेदवारी चयन गर्दा नेविसंघले क्याम्पससग प्रतक्ष्यरुपमा जोडिएका आसपासका गाउपालिका र नगरपालिका विद्यार्थीहरुलाई समेत समेटेर उम्मेदवार चयन विद्यार्थी नेता सुजित जैसवाल बताउनु हुन्छ ।
ज्ञान, विवेक र परिवर्तनका सम्वाहकका रुपमा रहेका विद्यार्थीहरुको साझा संगठन स्ववियुमा पनि नेविसंघले प्रतक्ष्य र समानुपातिकमा सवै क्षेत्र, वर्ग र परिवेश मिलाएर उम्मेदवारी चयन गरेको जैसवालले जानकारी दिनु भयो ।
उहाका अनुसार सभापतिमा उर्लाबारी-५ स्थायी ठेगाना भएका बिबेक कार्की, सचिवमा मिक्लाजुङबाट देबेन्द्र पौडेल, कोषाध्यक्षमा उर्लाबारी-४ बाट भुवन श्रेष्ठ, सदस्यहरुमा उर्लाबारी-२ बाट कहना विश्वकर्मा, उर्लाबारी-३ बाट संदिप बुढाथोकी, उर्लाबारी-४ बाट विराट थापा, रतुवामाई-७ बाट दिपेश चौधरी र सुजन शंकर, रतुवामाईबाट विनिता गौतम, मिक्लाजुङबाट अञ्जना गौतमलाई उम्मेदवार बनाएको छ ।
विगतमा अनेरास्ववियुले ७ पटक स्वावियुको नेतृत्व गरेपनि क्याम्पसको भौतिक निर्माण, खेल मैदान, प्रविधी मैत्री शिक्षणका पाटाहरुमा काम नगरी स्ववियुलाई बन्द कोठाको घेरामा सिमित बनाएका कारण स्ववियुलाई चलायमान बनाउने अठोटका साथ नेतृत्व परिवर्तनको पक्षमा मतदान गर्न विद्यार्थी नेताहरुले आग्रह गर्नुभएको छ ।



