पथरी । आसन्न चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले पथरी बहुमुखी क्याम्पसमा चुनावी सगर्मी बढ्दै गएको छ ।
क्याम्पसमा चुनावी सगर्मी बढेसगै स्ववियु सभापतिमा नेपाली काङग्रेसनिकट नेविसंघ नेतृत्वको बाम लोकतान्त्रीक विद्यार्थी गठबन्धन र नेकपा एमाले निकट अनेरास्ववियु चुनावी मैदानमा होमिएका छन् ।
चुनाव आउन ५ दिन बाकी छदा नेविसंघ नेतृत्वको बाम लोकतान्त्रीक विद्यार्थी गठबन्धनको पक्षमा चुनावी महोलको पारो उकालो लाग्दै गएको विद्यार्थीहरु बताउछन् ।
अनेरास्ववियुबाट उम्मेदवार बनेका उज्वल लकान्द्री र बाम लोकतान्त्रीक विद्यार्थी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका केशर राईबा विचमा तुलनात्मक रुपमा राईको पक्षमा विद्यार्थीहरुको माहोल बढ्दै गएको एक विद्यार्थीले बताउनु भयो ।
क्याम्पसमा विद्यार्थीलाई परेका समस्याहरुलाई समाधान गर्न गर्न राईले सधै गम्भिरताका साथ आवाज उठाउने गरेका कारण चुनावको मिती नजिकिदै जादा राईलाई स्ववियु नेतृत्वमा मत दिन विद्यार्थीहरुमा उत्सुक्ता थपिदै पुर्व स्ववियु सभापति ग्रिस साम्वा बताउनु हुन्छ ।
आफु नेतृत्वमा रहदा पनि क्याम्पसमा हुने विकृति र विद्यार्थीको हकहित स्थापना गर्न थालनी गरेका मुद्दाहरुमा बर्तमान स्ववियु सभापती पदका उम्मेदवार राईले जहिलै पनि अग्रपंंक्तिमा बसेर आन्दोलनको नेतृत्व गरेका कारण उहामा परिपक्वता र नेतृत्वदायी क्षमता रहेको साम्वाले बताउनु भयो ।
सवै विद्यार्थीको साझा फुलबारीका रुपमा रहेको नेविसंघ नेतृत्वको गठबन्नले भुगोल र समुदायको प्रतिनिधित्व हुनेगरि उम्मेद्धार प्रस्तुत गरेका कारण पनि राईको नेतृत्वमा रहेको टिमले स्ववियु सभापतिमा बाजी मार्ने विद्यार्थीहरुको बताउछन् ।
राईको नेतृत्वमा सचिवमा भुपाल खतिवडा तथा कोषाध्यक्षमा खगिन मगर रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सफिन आचार्य, गंगाराम शाह (सम्भु), सोमनाथ फुयाँल(दिपेश), प्रितिका भट्टराई र प्रकाश शिवा उम्मेद्धार रहनु भएको छ ।
मुख्यगरी शैक्षिक सुधार, क्याम्पस प्रशासनमा हुने गरेका अपादर्शी कर्मचारी नियुक्ती, विद्यार्थीहरुले लाइब्रेरीमा भोग्नु परेका समस्या, आधुनिक र प्रविधिमैत्री पठनपाठनको व्यावस्था गर्ने सवालमा ढृडताका साथ काम गर्ने योजना रहेकोे सभापतिका उम्मेद्धार राई बताउनु हुन्छ ।
ने.वि संघ नेतृत्वले क्याम्पसमा अध्ययनरत विद्यार्थीको हकहित र अधिकारका लागी निरन्तर संघर्ष गर्दै आएकोले यसपटक केशर नेतृत्वको गठबन्धनको विकल्प नभएको अध्ययनरत एक विद्यार्थी बताउनु हुन्छ ।
ADVERTISEMENT