उर्लाबारी, २ चैत्र । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेविसंघको प्यानललाई जिताउन नेपाली कांग्रेस उर्लाबारीका नेताहरु लागी पर्नु भएको छ।
उर्लाबारी क्याम्पसमा भने नेविसंघले अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनको सयुक्त प्यानललाई चुनौती दिदै सभापतिमा विवेक कार्की, सचिवमा देवेन्द्र पौडेल, कोषाध्यक्षमा भुवन श्रेष्ठ र सदस्यहरुमा अञ्जना न्यौपाने, विनिता गौतम, शुशिला कार्की, सन्दिप बुढाथोकी, सुजन शंकर, विराट थापा र दिपेश चौधरीको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।
कार्कीको प्यानललाई जिताउन यतिबेला नेपाली कांग्रेस उर्लाबारीका नेताहरु एकढिक्का भएर लागि परेका छन् । नेविसघका उम्मेदवार जिताउन नेपाली काग्रेसका वडा, नगर, जिल्ला, प्रदेश र महाधिवेसन प्रतिनिधीहरु लागि परेका छन् ।
क्याम्पस प्रशासन र स्ववियुका विचमा तालमेल नमिल्दा विद्यार्थीले विगत लामो समय देखी धेरै समस्याहरु भोग्नु परेको बताउदै कार्कीले भन्नुभयो-“हामी सवै विद्यार्थीको समस्यालाई साझा रुपमा समाधान गर्न तल्लीन छौ, क्याम्पसको बातावरणलाई राम्रो सग बुझेका विद्यार्थीहरु उम्मेदवार बनेका छौ, अधिकांश विद्यार्थीको मत पाउने अपेक्षा हामीमा छ ।”
विगत लामो समय देखी उर्लाबारी क्याम्पसमा अनेरास्ववियुले एकछत्र नेतृत्व गर्दै आएको भएपनि स्ववियु निर्वाचन पश्चात नेतृत्व सुस्त हुने परम्पराले उर्लाबारी क्याम्पसलाई शैक्षिक हबका रुपमा विकास गर्न सकिने धेरै सम्भावनाहरु त्यसै ओझेलमा परे, सहि नेतृत्व चयनमा विद्यार्थीहरु चुक्दा क्याम्पस पछि परेको कार्कीले बताउनुभयो ।
क्याम्पसबाट उच्च शिक्षा हासिल गरेसँगै विद्यार्थीहरुलाई आत्मानिर्भर बन्न सक्ने शिक्षा दिन नेविसंघ नेतृत्वको स्ववियु टिमले आगामी दिनमा कट्टिबद्ध भएर काम गर्नेमा कुनै कसर बाँकी नराख्ने कार्कीको अठोट रहेको छ ।