उर्लाबारी, ८ चैत्र । अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनको प्यानललाई पराजित गर्दै उर्लाबारी बहुमुखी क्याम्पसमा पहिलो पटक जित निकाले पछि नेविसंघले आज धन्यवाद र्‍याली निकालेको छ ।
गत चैत्र ५ गते सम्पन्न् स्ववियु निर्वाचनमा स्थापना कालदेखी एकछत्र राज गर्दै आएको अनेरास्ववियुको दबदवलाई निस्तेज गरी नेविसंघले ऐतिहासिक जित निकालेपछि बुधबार विहान विद्यार्थीहरुले धन्यवाद र्‍याली निकालेका हुन् ।
उर्लाबारी बहुमुखी क्याम्पसबाट सुरु भएको र्‍याली आईतबारे, स्कुलडाडा, बरगाछी हुदै उर्लाबारी चौकमा आएर कोण सभामा परिणत भएको थियो ।
उर्लाबारी क्याम्पसमा करिव ३६ वर्ष सम्म एकछत्र राज गरेको अनेरास्ववियु यस पटक उर्लाबारी क्याम्पसमा “क्लिन स्विप” भएको छ ।
अनेरास्ववियुको ५ दलिय गठबन्धनलाई सर्वाधिक मातान्तरले हराउदै उर्लाबारीमा नेविसंघले ईतिहास रचेको हो ।
धन्यवाद र्‍यालिको कोण सभालाई सम्वोधन गर्दै निर्वाचित स्ववियु सभापति बिबेक कार्कीले भन्नुभयो-“निर्वाचनताका गरेका सवै प्रतिवद्धता कटिबद्ध भएर पालना गर्ने छु, स्ववियुलाई सवै विद्यार्थीको साझा फुलबारीका रुपमा स्थापित गर्न हाम्रो टिम लागि पर्ने छ ।”
यस्तै कोणसभालाई सम्वोधन गर्दै उर्लाबारी क्याम्पस स्ववियु निर्वाचन परीचालन समिती संयोजक नेविसंघ पुर्व मोरङ जिल्ला सभापति मुक्ति प्रकाश न्यौपानेले स्ववियुलाई चलायमान गराउन निर्वाचित पदाधिकारी लागि पर्नु पर्ने बताउनु भयो ।
यस्तै कार्यक्रमका प्रमुख अथिती नेपाली कांग्रेस कोशी प्रदेश सहमहान्त्री एवम कोशी प्रदेश स्ववियु समन्वय समिती सयोजक खड्ग फागोले निर्वाचित पदाधिकारीलाई निश्पक्ष र पारदर्शी भएर काम गर्न आग्रह गर्नु भयो ।


कार्यक्रममा नेपाली काग्रेस उर्लाबारी कार्यबहाक सभापती राजन रायमाझी, नेविसंघ पुर्व केन्द्रिय सदस्य भुल बहादुर कार्की लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रम उर्लाबारी क्याम्पस इकाई सभापति सुजित जैसवालको सभापतित्वमा सम्पन्न् भएको थियो
चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनमा कुल १ हजार ३ सय ५९ मत मध्ये नौ सय ९० मत खसेको थियो । जसमा नेविसंघबाट उम्मेदवार बन्नु भएका विवेक कार्कीले ६ सय ५१ मत प्राप्त गर्नु भएको थियो भने अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनकी साझा उम्मेदवार प्रिती दहालले ३ सय २५ मत प्राप्त गर्नु भएको थियो ।
उर्लाबारी क्याम्पसमा स्थापना कालदेखी नै एकछत्र नेतृत्व गर्दै आएको नेकपा एमाले निकट विद्यार्थी संघले यस पटक पनि नेतृत्व हत्याउने दाउमा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूले संयुक्त प्यानल बनाएर सभापतिमा प्रिती दहाललाई उम्मेदवार बनाएको थियो । तर यसपटक भने नेविसंघले उर्लाबारी क्याम्पसमा ईतिहास रच्दै आफ्नो प्यानल नै विजयी भएको हो ।
यस्तै प्रत्यक्ष्य तर्फको पदाधिकारीमा सचिव तर्फ नेविसंघका उम्मेदवार देवेन्द्र पौडेलले ५ सय ९५ प्राप्त गर्दा संयुक्त विद्यार्थी संगठनका थानेश्वर अधिकारीले ३ सय ७० मत प्राप्त गर्नु भएको छ । यस्तै कोषाक्ष्यमा नेविसंघका भुवन श्रेष्ठले ५ सय ७५ मत प्राप्त गर्दा संयुक्त विद्यार्थी संगठनका भिम बहादुर मंग्रान्तीले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै प्रतक्ष्यतर्फको सदस्यमा नेविसंघका उम्मेदवार सुजन शंकरले ५ सय ६२, दिपेश चौधरीले ५ सय ४७, अञ्जना न्यौपानेले ५ सय ५५, सन्दिप बुढाथोकीले ५ सय ९५, शुशिला कार्कीले ५ सय ४, कहना वि.क. ले ५ सय ४९, विनिता गौतमले ५ सय ६६ र विराट थापाले ५ सय २६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै सदस्य प्रत्यक्ष्य तर्फ संयुक्त विद्यार्थी संगठनका चिराग श्रेष्ठले ३ सय ९१, दिवश ढुङगानले ४ सय १७, हिक्मत थापाले ३ सय ७३, शर्मिला चौलागाईले ३ सय ७९, दिपेन्द्र बहादुर विश्वकर्माले ४ सय २१ विनोद नेपालले ३ सय ७२, अजय खतिवडाले ३ सय ७९ र विश्वास राईले ३ सय ६३ मत प्राप्त गर्नु भएको छ ।
यस्तै समानुपातिक तर्फ नेपाल विद्यार्थी संघले ५ सय ५३ मत प्राप्त गर्दा अनेरास्ववियुले २ सय ९६, माओवादी निकट अखिल क्रान्तिकारीले ७०, समाजवादी विद्यार्थी युनियनले १३ , राप्रविसंघले ३५ र बदर मत २३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
स्थापना कालदेखी नै उर्लाबारी बहुमुखी क्याम्पससमा हावी हुदै आएको अनेरास्ववियुलाई वि.स २०६२ सालमा नेविसंघले एक उपसभापती सचिव र ३ सदस्य जितेको थियो भने त्यसयता भएका निर्वाचनमा अनेरास्ववियुले एक छत्र नेतृत्व गर्दै आएको थियो ।


अनेरास्ववियुको अपराजित यात्रालाई पुणर्विराम लगाउन यस पटकको निर्वाचनमा सहमहामन्त्री खड्ग फागाको निर्देशनमा नेविसंघ पुर्व मोरङ जिल्ला सभापति मुक्ति प्रकाश न्यौपानेको सयोजकत्वमा लामो समय विद्यार्थी नेतृत्व गरेका नाराएण सिटौला, सुजित जसवाल, महेन्द्र ठाकुर, तिलक पौडेल, योगेस छिनाल, भुपेन काफ्ले, पदम कार्की, अर्विन घिमिरे जस्ता अनुभबी विद्यार्थीनेताहरु अग्रपंक्तिमा रहेका थिए ।
अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनको सयुक्त प्यानललाई क्लिन स्विप गर्दै सर्वाधिक मतका साथ नेविसंघ विजयी बन्दै ईतिहास रचेपछि उर्लाबारीमा स्ववियु निर्वाचनका बारेमा थप चर्चा हुन थालेको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश सहमहान्त्री खड्ग फागोको गृहनगर उर्लाबारीमा अनेरास्ववियुं सहितको ५ दलिय गठबन्धको “क्लिन स्विप” भएपछि जनस्तरमा नेविसंघको चर्चा उँचो भएको छ ।
कोशी प्रदेश स्ववियु समन्वय समिती सयोजक समेत रहनु भएका फागोको गृह नगरमा पहिलो पटक सर्वाधिक मतले ५ विद्यार्थी संगठनका उम्मेदवारलाई हराएपछि जनस्तरमा चर्चा चुलिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय