
उर्लाबारी, ८ चैत्र । अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनको प्यानललाई पराजित गर्दै उर्लाबारी बहुमुखी क्याम्पसमा पहिलो पटक जित निकालेको नेविसंघले बुधबार विहान धन्यवाद र्याली निकालेको छ ।
गत चैत्र ५ गते सम्पन्न् स्ववियु निर्वाचनमा स्थापना कालदेखी एकछत्र राज गर्दै आएको अनेरास्ववियुको दबदवलाई निस्तेज गरी नेविसंघले ऐतिहासिक जित निकालेपछि आज विहान विद्यार्थीहरुले धन्यवाद र्याली निकालेका हुन् ।
उर्लाबारी बहुमुखी क्याम्पसबाट सुरु भएको र्याली आईतबारे, स्कुलडाडा, बरगाछी हुदै उर्लाबारी चौकमा आएर कोण सभामा परिणत भएको थियो ।
उर्लाबारी क्याम्पसमा करिव ३६ वर्ष सम्म एकछत्र राज गरेको अनेरास्ववियु यस पटक उर्लाबारी क्याम्पसमा “क्लिन स्विप” भएको छ ।
अनेरास्ववियुको ५ दलिय गठबन्धनलाई सर्वाधिक मातान्तरले हराउदै उर्लाबारीमा नेविसंघले ईतिहास रचेको हो ।
धन्यवाद र्यालिको कोण सभालाई सम्वोधन गर्दै नवनिर्वाचित स्ववियु सभापति बिबेक कार्कीले भन्नुभयो-“निर्वाचनताका गरेका सवै प्रतिवद्धता कटिबद्ध भएर पालना गर्ने छु, स्ववियुलाई सवै विद्यार्थीको साझा फुलबारीका रुपमा स्थापित गर्न हाम्रो टिम लागि पर्ने छ ।”
यस्तै कोणसभालाई सम्वोधन गर्दै उर्लाबारी क्याम्पस स्ववियु निर्वाचन परीचालन समिती संयोजक नेविसंघ पुर्व मोरङ जिल्ला सभापति मुक्ति प्रकाश न्यौपानेले स्ववियुलाई चलायमान गराउन निर्वाचित पदाधिकारी लागि पर्नु पर्ने बताउनु भयो ।
यस्तै कार्यक्रमका प्रमुख अथिती नेपाली कांग्रेस कोशी प्रदेश सहमहान्त्री एवम कोशी प्रदेश स्ववियु समन्वय समिती सयोजक खड्ग फागोले निर्वाचित पदाधिकारीलाई निश्पक्ष र पारदर्शी भएर काम गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाली काग्रेस उर्लाबारी कार्यबहाक सभापती राजन रायमाझी, नेविसंघ पुर्व केन्द्रिय सदस्य भुल बहादुर कार्की लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रम उर्लाबारी क्याम्पस इकाई सभापति सुजित जैसवालको सभापतित्वमा सम्पन्न् भएको थियो ।



