उर्लाबारी, ११ चैत्र । विभिन्न कारणले समाजमा एकल जिवन विताईरहेका महिलाहरुको जिवनस्तर उकास्ने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर-२ ले वडामा रहेका १३ जना एकल महिलाहरुलाई सहयोग गरेको छ ।
घरमै बसेर आर्थिक उर्पाजन गर्न सक्ने दिगो आर्थिक स्रोतको पहिचान गरेर वडा नम्वर-२ ले विपन्न आर्थिक अवस्था कमजोर भएका १३ एकल महिलाहरुलाई बाख्राका पाठापाठी वितरण गरेको छ ।
वडाले लक्षित वर्ग उत्थान कार्यक्रम अन्तर्गत आम्दानीको स्रोत नभएका एकल महिलालाई पाठापाठी बितरण गरेको वडाध्यक्ष कुमार कँडेल (राजन) ले बताउनु भयो ।
लामो समय सम्म क्यानसर रोगबाट ग्रसित भएर श्रीमान वितेपछि एक्लै संघर्ष गरेर जिवन विताईरहेकी स्थानिय सिता नेपाली वडाले दुखेको घाउमा थोरै भएपनि मलमपट्टी लगाईदिने काम गर्दा खुशी भएको बताउनु हुन्छ ।
नेपाली भन्नुहुन्छ-“छोरीमान्छेलाई समाजमा एक्लै सघर्ष गर्न गाह्रो रहेछ, श्रीमान विराम परेर थलिदा पनि वडाध्यक्षले सहयोग गर्नुभयो, तर बचाउन सकिएन एक्लो भैयो, छोराछोरी पढाउने र हुर्काउने जिम्मा सवै आफ्नो टाउकोमा आईपर्‍यो अहिले थोरै भएपनि फेरी वडाले सहयोग गरेको छ अव यसैलाई मलजल गरेर अगाडी बढ्दै जानु छ।”
सानै भएपनि आर्थिक अभाव र दैनिकी जिवन बाच्नकै लागि संघर्ष गरिरहेकी अर्का २ एकल महिला भानि धिमाल र रेखा उराउ पनि बाख्राका पाठापाठी पाउदा खुशी लागेको बताउनु हुन्छ ।
उहाँहरु भन्नुहुन्छ-“ श्रीमान वितेपछि विहान बेलुका हातमुख जोड्नै गाह्रो भईरहेको अवस्थामा भएका छोराछोरीलाई पढाउन किताव, कपी, डटपेन कसरी किन्ने भन्ने पिरलो परीरहन्थ्यो अव यिनै पाठापाठीलाई स्याहार गर्छौ, यसैलाई आयआर्जनको बाटो बनाउछौ र छोराछोरीको पढाई खर्च जुटाउछौँ।”
एकल महिलाको जीवनस्तर उकास्न सहयोग पुग्ने हेतुले वडाले चालु आर्थिक वर्ष २०७९।०८० को वडा स्तरीय बजेट रु १ लाख रुपैया विनियोजन गरी नगर उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष राजनकुमार कँडेललगायतले बाख्राका पाठापाठी वितरण गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय