दमक, चैत्र २८ । झापाको दमक नगरपालिकाकी उम प्रमुख रेगिना भट्टराई (प्रसाई) ले समाज रुपान्तरणका लागि महिलाहरु आर्थिक रुपमा समृद्ध हुनुपर्ने बताउनु भएको छ ।
आज दमक नगरपालिकाको वडा नम्वर-३ स्थित जम्भुझारमा रहेको शुभलक्ष्मी नारी उत्थान मञ्चको भवन उद्घाटन समारोहमा बोल्दै उहाले यस्तो बताउनु भएको छ ।
उपमेयर प्रसाईले भन्नुभयो-“हामी सधै समृद्धिको कुरा गर्छौ तर समाजमा आधा भन्दा बढी हिस्सा ओगटेका महिला दिदि बहिनीहरुको आर्थिक उननयनका बारेमा खासै वास्ता गर्दैनौ जस्ले गर्दा समाजमा महिलादिदि बहिनीहरु पछाडी परिरहनु भएको छ, तर अव हामी महिलाहरुलाई आर्थिक रुपमा समृद्ध र आत्मनिर्भर बनाउन विभिन्न प्रकारका आयआर्जन मुलक तालिमहरुको व्यावस्था गरी आयआर्जन गर्न सकिने बाताबरण बनाउने कुरामा लागि परेका छौ।”
आर्थिक उननयन नभएकै कारण समाजमा पछाडी परेका महिलाहरुलाई लक्षित गरी नगरपालिकाले हर्पिक बनाउने तालिम, मकैको खोस्टाबाट चप्पल बनाउने तालिम, समुदायमा आधारीत विभिन्न जातजातिका परम्परागत भेषभुसाको निर्माण गर्ने तालिम लागाएतका विभिन्न तालिमहरु नगरपालिकाले संचालन गर्दै आएको बताउनुभयो ।
थेरै लागानीमा घरमै बसेर आम्दानी गर्न सक्ने विभिन्न स्रोतहरुको पहिचान गरी महिलाको आर्थिक उननयनका लागि भएका तालिमहरुमा सहभागी भएर अवसरको सदुपयोग गर्न उपप्रमुख प्रसाईले आग्रह गर्नुभएको छ ।
सस्थाकी अध्यक्ष गंगा बराइलीको सभापतित्वमा समपन्न कार्यक्रममा भवन निर्माणका लागि जग्गा प्रदान गर्ने स्थानिय स्वः चन्द्र शेखर बरालको परिवारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा नम्वरका वडा सदस्य शान्ता भुजेल, टिका ठटाल सस्थाका संरक्षक मयनाथ पौडेल लगाएतले आफ्नो भनाई राख्नु भएको थियो ।
भवन दमक नगरपालीका र सस्थाका महिला शेयर सदस्यहरुको ७ लाख रुपैया लगानीमा निर्माण सम्पन्न् भएको हो ।
ADVERTISEMENT