विराटनगर ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी नेकपा एमाले निकट युवासंघ नेपाल उर्लाबारी नगर कमिटी संयोजक नितमचौहान पक्राउ परेका छन् चौहानलाई आज मोरङको उर्लाबारीबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए

मंसिरमा उर्लाबारी मा रहेको तरल क्याफेमा दुई समूहबिच झडप भएको थियो त्यस बेला उर्लाबारी आइतबारेका कुमारलिम्बूको समूह उर्लाबारी का रजत थापा (मिथुन)समूहबिच झडप भएको थियो

पुरानो रिसिबीलाई लिएर धारिलो हतियारले आक्रमण गर्न खोजेपछि झडप भएको थियो त्यस बेला तीन जना घाइते भएका थिए घटनामा संलग्नको भएको आरोपमा प्रहरीले एमाले उर्लाबारीका नगर उपाध्यक्ष कुमार लिम्बूसहित उर्लाबारी का आशंक लिम्बु उर्लाबारी का रजत थापालाई पक्राउ गरेको थियो चौहान फरार थिए फरार चौहनलाई पक्राउ गरिएको प्रहरीले जनाएको

बुधवार जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा इलाका प्रहरी कार्यालय उर्लाबारीले प्रतिवादीसहित अनुसन्धान प्रतिवेदन बुझाउनेतयारी गरेको त्यसपछि सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा अभियोग बुझाउनेछ थुनछेक बहसपछि प्रतिवादीचौहानको हकमा अदालतले आदेश गर्नेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय