बैशाख, २ काठमाडौं । काठमाडौंको गैरीधारामा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा ७३ वर्षीय तीर्थमाली पुन बस्ने घरमा गोली चलेको छ ।
पुनको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी हुन् । उनलाई खुट्टामा गोली लागेको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गोली चलाउने पीएसओलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । पुनको घरमा प्रहरीको भीआईपी सुरक्षाको टोली खटिएको थियो । पुनको आमालाई गोली चलाउने प्रहरी हवल्दार पुनको आफन्त रहेको स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय