दमक, ३ बैशाख । दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराई प्रभावकारी संघीय शासन प्रबर्धन अध्ययनको लागी अष्ट्रेलिया जानु भएको छ ।
द एसिया फाउन्डेसनको सहयोगमा अष्ट्रेलिया अवार्ड कार्यक्रम, अष्ट्रेलिया राजदुतावास नेपाल र नेपाल सरकारको सहकार्यमा सञ्चालीत उक्त कार्यक्रममा सहभागी हुन उप प्रमुख भट्टराई अष्ट्रेलिया जानु भएको हो ।
अष्ट्रेलीयाको क्विन्सल्याण्ड विश्वविद्यालयमा उक्त अध्ययन हुनेछ । उपप्रमुख भट्टराईले संघीय स्तरमा प्रभावकारी शासन प्रवर्द्धन गर्ने रणनीतिबारे जानकारी लिने जनाईएको छ ।
अप्रिल १५ देखि अप्रिल ३० सम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुन उप प्रमुख भट्टराई अष्ट्रेलीया जानुभएको उहाको सचिवालले जनाएको छ ।
उप प्रमुखको यो सिकाइ बाट दमक नगरपालिकाको कार्यसम्पादन सुधार गर्न मद्दत गर्न बहुमूल्य अन्तरदृष्टि र अभ्यासहरू प्राप्त हु अपेक्षा राखिएको नगर प्रमुख थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय