उर्लाबारी, बैशाख ६ । कोशी प्रदेश सरकार मातहत रहेको यातायात व्यावस्था कार्यालय ईटहरीमा पछिल्लो समय ठगहरुको विगविघी मौलाएको छ ।
यातायात व्यावस्था कार्यालय आगाडी लेखापढी सेन्टर खोलेर बसेका विचौलीयाहरुले सेवाग्राही ठगिरहेको प्रमाण र उजुरीहरु इलाका प्रहरी कार्यालय ईटहरी र यातायात व्यावस्था कार्यालयमा परेपनि ठगहरुलाई नियन्त्रणमा प्रशासनले कडा कार्वाही प्रक्रिया अगाडी नवढाउदा दिन प्रतिदिन सो कार्यालयमा जाने सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् ।
जसको पछिल्लो उदाहरण हुन मोरङको उर्लाबारी नगरपालिका-१ झारसादीमा स्थायी बसोवास गर्ने सुमन गौतम । गौतमले २०७८ चैत मा आफुले प्रयोग गर्दै आएको को १ च ९४९७ नम्वरको पिकअप भेनको नविकरण दस्तुर बुझाउन यातायात कार्यालय जाने क्रममा यातायात व्यावस्था कार्यालय अगाडी खोलिएको पराजुली लेखापढी सेन्टरको ठगी धन्दामा उनि परेका छन् ।
सावारी साधनको कर बुझाउन ईटहरी पुगेका गौतम पराजुली लेखापढी सेन्टरकी संचालिका रेखा बस्नेतको सम्पर्कमा पुग्छन । रेखा सग सम्पर्क भएपछि उनिहरु विचमा कुराकानी हुदा रेखाले काम गर्र्र्दिए वापत .५ सय रुपैया थप शुल्क लाग्ने सर्त गौतमलाई राख्छीन । रेखाको सर्त अनुसार गौतम पनि सो कुरामा राजि हुन्छन् ।
त्यसपछि रेखा गौतमको सवारी साधनको विलबुक र नगद ४१ हजार ८ सय रुपैया बोकेर कार्यालय तिर लाग्छिन् त्यसको केही समय पछि रेखाले विलबुकमा कार्यालयका पाचौँ तहका कर्मचारी केशव पोख्रेलको सहि छाप र कार्यालयको छाप लागेको विलबुक बोकेर गौतम भएको ठाउमा आईपुग्छिन ।
त्यसपछि बस्नेतले कार्यालयको सिस्टममा समस्या आएका कारण भर्पाई प्रिन्ट हुन नसकेको बताउदै गौतमलाई लेखापढी सेन्टरको भिजीटिङ कार्ड विलबुकमा स्टिज हान्दीर भोली पल्ट कार्यालय खुलेपछि कर चुक्ता भएको भर्पाई दिने विश्वास दिलाएर पैसा आफै सग राख्छीन् । गौतम पनि रेखाको विश्वासमा परेर कर बापतको रकम रेखालाई छोडेर त्यहाबाट उर्लाबारी फर्कन्छ्न् ।
भोलिपल्ट गौतमले पराजुली लेखापढि सेन्टरका मुख्य संचालक रेखाका श्रीमान विनोद पराजुलीलाई फोन गरेर भर्पाईको बारेमा बुझ्दा व्याक्तिगत कामले आफु वाहिर रहेको तर सवै काम भै सकेको जवाफ पराजुलीले गौतमलाई दिन्छन् त्यपछि गौतम पनि आफ्नै कामको शिलशिलामा व्यस्त रहदा पराजुलीकै कुरालाई विश्वास मानेर घरमै बस्छन् ।
२०७९ चैत मा पुनः सवारी साधनको नविकरण दस्तुर बुझाउन जादा कार्यालयको अभिलेखमा उनले प्रयोग गर्दै आएको सवारी साधनको कर चुक्ता नभएको देखिएपछि आफु ठगिमा परेको कुरा बल्ल थाहा पाएको गौतमले बताए ।
लेखापढी सेन्टर संचालकको विश्वासमा परेर आफु ठगिएको थाहा पाएपछि गौतम पराजुली लेखापढी सेन्टरको सटर खोज्न थाल्छन््् तर, पराजुली लेखापढी सेन्टरका संचालक विनोद पराजुली र उनकी श्रीमती रेखा बस्नेत सेन्टर बन्द गरेर भागेको थाहा पाएपछि उनिहरुको खोजीका लागि गौतमले ईलाका प्रहरी कार्यालय ईटहरीमा निवेदन दिएर घर फर्किए ।
निवेदन दिएर घर फर्किएको २ साता भन्दा बढी समय भएपनि प्रहरीले ठगहरुको खोजी कार्यमा चासो नदिएको गौतमले गुनासो पोखे ।
गौतमले भने-“यातायात व्यावस्था कार्यालयमा व्यवस्थित तरिकाले काम गर्न सकस भएपछि म जस्ता कयौले यस्तै मानिसहरुको साहारमा काम गर्नु परेको छ, उनिहरुको ठगी नियतका कारण सयौले सास्ती खेप्नु परेको होला, कार्यालयमा सेवा ग्राहीले सहज रुपमा काम गर्ने बाताबरण नहुने हो भने अझै पनि धेरै सेवाग्राहीहरु ठगहरुको चङगुलमा पर्ने सम्भावना छ, यस प्रति कार्यालय र नेपाल प्रहरीको बेलैमा ध्यान जाओस ।”
यता यातायात व्यावस्था कार्यालयका सुचना अधिकारी देउ प्रकाश तामाङले विचौलियाहरुले सेवाग्राहीहरुलाई छिटो काम गर्दिने सर्तमा ठगिरहेको गुनासोहरु आउने गरको बताए ।
तामाङले भने-“विचौलीयाहरुले गौतम जि, को जस्तै विलबुकमा कार्यालयका अफिसर लेभलका कर्मचारीहरुको नक्कली हस्ताक्षर र कार्यालयको नक्कली छाप बनाएर ठगि गर्ने गरेका धेरै उजुरी आएका छन् त्यस्ता ठगि गर्नेहरुलाई कार्वाही गर्नका लागि हामीले कार्यालयको तर्फबाट प्रहरीमा जानकारी गराई सकेका छौ, गौतम जि को विलबुकमा पनि कार्यालयको छाप र हस्ताक्षर किर्ते गरेको पाइएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय