उर्लाबारी, बैशाख ६ । मोरङको उर्लाबारी नगरपालिका-८ दुर्गापुरीमा सुन पसल गर्दै आएका तेजप्रकाश श्रेष्ठ (तेजु) हिजो साझ देखी बेपत्ता बनेका छन् ।
दुर्गापुरी बजारमा कृष्णा गहना पसल संचालन गर्दै आएका ४८ वर्षिय श्रेष्ठ बैशाख ४ गते सोमबार साँझ ६ बजे देखी सम्पर्क विहिन भएको परिवारले जनाएको छ ।
श्रेष्ठ साझदेखी एकाएक सम्पर्क विहिन भएपछि उनको खोजीका लागि परिवारले प्रहरीमा जानकारी दिएको पारिवारीक स्रोतले बतायो ।
परीवारका अनुसार श्रेष्ठलाई कहि कतै देख्नु हुने अथव भेट्नु हुनेहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।
ADVERTISEMENT