
वैशाख ६ गते, काठमाडौं । भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द गरिने भएको छ बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै पनि उडान-अवतरण नहुने त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले जनाएको छ ।
विमानस्थलमा अनलाइन यूपीएस जडान गरिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न लागिएको विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए ।
विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेदा विभानस्थलभित्रको विद्युत आपूर्ति बन्द हुने हुनाले यो अवधिमा उडान तथा अवतरण बन्द रहनेछ ।



