उर्लाबारी । आज सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवकको मृत शरीर फेला परेको छ ।
आफन्तको श्राद्धमा सप्तकोशी पुगेका दमक नगरपालिका-२ बस्ने वर्ष १७ का नवीन न्यौपानेको डुवेर मृत्यु भएको अवस्थामा शव फेला परेको छ । नवीन सहित नुहाउनका लागि कोका खोला र सप्तकोशीको संगम स्थल कोशी किनारमा पसेका उनिहरु बुधबार विहान देखी बेपत्ता बनेका थिए ।
नदीमा बेपत्ता भएकामध्ये नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोमा फेला परेको सुनसरीका एसपी प्रभु प्रसाद ढकालले जानकारी दिए ।
एसपी ढकालका अनुसार बेपत्ता रहेका उर्लाबारी-७ का १८ वर्षीय राज गुरागाई र दमक-९ का १९ वर्षीय रुद्र न्यौपानेलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गोताखोर टोलीसहित स्थानीयहरूले बेपत्ता दुवै जनाको खोजी गरिरहेको एसपी ढकालले बताए ।
प्रहरीका अनुसार ती युवकहरू आफन्तको श्राद्ध गरिएको स्थानबाट नुहाउनका लागि कोका खोला र कोशी नदी मिसीएको स्थानमा गएका थिए ।
दमक र उर्लाबारीबाट उनीहरु परिवारसहित श्राद्धका लागि बराहक्षेत्र पुगेका थिए । बेपत्ता मध्ये नवीन र रुद्र दाजुभाइ हुन् । राज गुरागाई न्यौपाने दाजुभाइका मामाका छोरा हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय