उर्लाबारी, बैशाख ७ । हिजो बुधबार विहान १० बजेदेखी सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर हराईरहेका २ युवा अझै फेला पर्न सकेका छैनन् ।
आफन्तको श्राद्धमा बराहक्षेत्र गएका उर्लाबारी-७ का १८ वर्षीय राज गुरागाई र दमक नगरपालिका-९ बस्ने बर्ष १९ वर्षीय रुद्र न्यौपाने अझै भेटिएका छैनन् ।
सप्तकोशी नदी र कोका खोलाको संगम स्थलमा नुहाउने क्रममा डुवेर बेपत्ता बनेका ३ जना युवाहरु मध्ये दमक-२ का नविन न्यौपाने शव घटनास्थल नजिकै कोशीको भंगालोमा फेला परेको सुनसरीका एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
एसपी ढकालका अनुसार बेपत्ता रहेका २ युवाको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गोताखोर टोलीसहित स्थानीयहरूको सहयोगमा खोजी कार्य जारी रहेपनि अझैपनि फेला पर्न नसकेको बताए।
प्रहरीका अनुसार दमक र उर्लाबारीबाट उनीहरु परिवारसहित श्राद्धका लागि बराहक्षेत्र पुगेका थिए बेपत्ता मध्ये नवीन र रुद्र दाजुभाइ भने गुरागाई न्यौपाने दाजुभाइका मामाका छोरा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय